बेनी अस्पताल विकास समितिको अध्यक्षमा बेलबहादुर कटुवाल नियुक्त भएका छन् ।गण्डकी प्रदेश सरकरले म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका कटुवाललाई अध्यक्षमा नियुक्ती गरेको हो । उद्योग, ब्यापारीको क्षेत्रमा सक्रिय रहेका कुटवालले अध्यक्षमा नियुक्त भएको जानकारी प्राप्त भएको बताए ।‘मेरो लागी अवसर, चुनौती दुवै हुन्,‘गुणस्तीय स्वास्थ्य सेवाका लागी निरन्तर सक्रिय हुनेछु‘ कटुवालले बेनीअनलाइनलाई भने ।

म्याग्दी उद्योग वाणिज्य संघ सहित विभिन्न सामाजिक संस्थामा समेत आवद्ध रहेका कटुवालले अस्पतालको नयाँ भवनको निर्माणकार्यका साथै सेवा प्रवाहमा समेत सहज ल्याउन अनुभवी चिकित्सक सहित जनतालाई जिल्लामै गुणस्तरीय सेवाका लागि विगतमा भइरहेको कामलाई थप अगाडी बढाउने बताए ।जिल्लाभित्र दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन तथा दुर्गमका जनतालाई स्वास्थ्य चौकीबाट सिधै अस्पतालसम्म उपचारका लागि आउने वातावरण बनाउनुपर्ने बताए ।

उनले समान्य विरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था नभएकाले चिकित्सक, स्वास्थ्यकर्मीको मनोबल बढ्ने गरी काम गर्ने बताएका छन् । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचित लगत्तै गठन भएको बाम सरकारले देशभरका विकास समिति खारेज गरेको थियो । बेनी अस्पतालमा निक साईमन्स इस्टिच्युटको सहयोगमा अप्रेशनसहितको प्रसुती सेवा विस्तार गरेपछि सेवा प्रवाह प्रभावकारी भएपनि केही स्वास्थ्यकर्मीले विरामीलाई गैरजिम्मेबारी ब्यवहार गर्ने गरेकाले पछिल्लो समय गुनासो बढ्न थालेको छ ।