कसरी उमार्ने दशैंको जमरा ?

0
589

आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यो नवरात्रको पहिलो दिन हो । यस दिन विधिपूर्वक भगवतीको आवाहन गरेर घटस्थापना गरिन्छ । यही घटस्थापनासँगै भगवतीको उपासना गरी दुर्गा भगवतीको प्रिय जौको जमरा राख्ने शास्त्रीय विधान छ । संस्कृतमा जमरालाई जयन्ती भनिन्छ । जयन्ती भगवतीकै एक नाम पनि हो ।

घटस्थापनाको दिन गहूँ, जौ लगायत अन्नको जमरा राखिन्छ, जुन विजय दशमी अर्थात टिकाको दिन प्रयोगमा आउँछ ।

दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । यसको सांकेतिक अर्थ के पनि हुनसक्छ भने, जमरा मानव जीवनका लागि अत्यान्तै हितकारी चिज हो । आर्युवेदिक महत्वको जमराले थुप्रै प्रकारका शारीरिक समस्या हटाउँछ ।

जमरा राख्ने विधि

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखिन्छ । यस पछि शास्त्रीय विधि अनुसार दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ ।
पूजास्थनमा उक्त पवित्र माटो छरेर बीचमा एक विशेष घडा अर्थात् कलशको स्थापना गरिन्छ । कलशमा वरुणादि सम्पूर्ण देवी देवताको आह्वान हुने गर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षेडशोपचारले आवाहन पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् भगवतीको प्रिय वस्तु जौ उक्त घडा(कलशको) वरिपरि जमराका निम्ति छर्नु पर्दछ । भगवती दुर्ग देवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य हुने गर्दछ ।

कसरी उमार्ने दशैंको जमरा ?

  • अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ ।
  • जमरा उमार्नका लागि शुद्ध तथा अध्याँरो ठाउँ चाहिन्छ ।
  •  सबैभन्दा पहिला जौंको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।
  • विशेषत दशैंमा जौको जमरा राख्ने गरिन्छ । यद्यपी मकै, गहुँ, धानको पनि जमरा राख्न सकिन्छ ।
  •  अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।
  •  अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।
  •  सात दिनपछि पहिलो पटक रोपेको गमलामा अंकुराउन थाल्छ ।
  •  प्रयोग गन योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्न सकिन्छ । ।
  •  गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।
  •  जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।