सहयोग जुटाउन ओमकुमारी शान्ति कोषको टोली यू्रोप भ्रमणमा

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमराी शान्ति कोषको टोली सहयोग जुटाउन दुईसाता लामो यूरोपको भ्रणमा निस्किएको छ । आर्थिक अभावकै कारण जिल्लामा कसैले अकालमै मृत्युबरण गर्नु नपरोस् भन्ने मुल अभियानका साथ परोपकारी अभियानको नेतृत्व गरिरहेको कोषका अध्यक्ष राजेश शाक्य, सचिव लोकेश पुन मगर, कोषाध्यक्ष खम थापा र आजिवन सदस्य रेश्मा श्रेष्ठ शाक्यलाई विदाई कार्यक्रम गरिएको छ ।

जिल्लाका गरिब तथा विपन्न बर्गको उपचारमा सक्रिय कोषले सञ्चालन गरेको डेढ करोडको अक्षय कोष स्थापना गर्ने अभियान अन्तरगत फ्रान्स, र्पोचुगल, बेल्जियम लगाएत यूरेपका विभिन्न देशमा आयोजित कार्यक्रममा सहभागीसंगै म्याग्दी जिल्लाका बारेमा प्रचारप्रसार गर्ने टोलीलाई कोषको सचिवालयमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष हरिकृष्ण गौतम लगाएतको टोलीले विदाई गरेको हो ।

विदाई कार्यक्रमको अवसरमा आर्थिक अभावले उपचारबाट बन्चित भएर अकालमै मृत्युवरण गर्नुपर्ने अवस्थाका अन्त्य गर्ने अभियानलाई थप प्रभावकारी बनाउन सहयोग संकलनमा जुटेको अध्यक्ष शाक्यले बताए ।‘धेरै विरामीले नयाँ जीवन पाएका छन्, सानो सहयोगले पनि धेरैको जीवन बचाउन सकिन्छ’ अध्यक्ष शाक्यले भने ।ब्यक्तिगत खर्चमा यूरोपको भ्रणका लागी शुक्रबार विहान प्रस्थान गर्ने टोलीको स्वागतमा फ्रान्स र बेल्जियममा कार्यक्रम तय भइसकेको छ ।

समापन कार्यक्रमको अवसरमा उपाध्यक्ष हरिकृष्ण गौतमले आर्थिक अभावले म्याग्दी जिल्लामा शिक्षादिक्षा तथा उपचारमा समस्या नहुने गरी सञ्चालन भइरहेको अभियानले विभिन्न जिल्लाबाट यूरोपमा पुगेकालाई समेत सिक्ने अवसर मिल्ने बताए ।बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । कोषले हालसम्म करिव २ करोडभन्दा बढी उपचारमा जुटाएको छ भने १ सय जना विरामीलाई अभियान सञ्चालन गर्नुका साथै सहयोग समेत गरिएको छ ।

कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । उपचारका साथै भुकम्प, बाढीपहिरो पिडितलाई समेत आर्थिक जुटाएको कोषका संस्थापक अध्यक्ष चन्द्र कुमार केसीले बताए । कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ । कार्यक्रमको सञ्चालन सहसचिव विनय श्रेष्ठले गरेका थिए ।