मुटुरोगी मिजारलाई साउदी अरवबाट आर्थिक सहयोग

आर्थिक अभावका कारण उपचार गर्न समस्या भएकी म्याग्दीकी एक बालिकालाई साउदी अरवबाट आर्थिक सहयोग गरिएको छ । बेनी नगरपालिका–९ कोशेपानीकी १६ बर्षिय सपना मिजारको मुटुमा समस्या देखिएपछि उपचामार आवश्यक पर्ने आर्थिक अभावले घर फर्किएको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि सुरु भएको सहयोग संकलन अभियान अन्तरगत विष्णु मिजार र राजु बानियााको नेतृत्वमा यूनाइटेड युथ क्लव लगाएत दुवै जना कार्यरत कम्पनीका नेपालीले ६४ हजार २५६ रुपैयाँ संकलन गरेका हुन् ।

संकलिन रकम पुष्पा पौडेलले पीडित सपनाका आफनतलाई एक कार्यक्रम गरी हस्तान्तरण गरेकी छन् ।बुबा सुविन्द्र सार्कीको मृत्यु भएपछि गिटीबालुवा सङ्कलन गरी तीनछोरा छोरीलाई पाल्दै आएकी सपनाकी आमाले उपचारमा आर्थिक समस्या भएपछि सहयोगको अपिल गदैं बेनीअनलाइनको कार्यालयमा आएकी थिईन् ।

पीडित मिजारको मुटुको भल्ब फेर्नुका साथै थप तीनवटा अप्रेसन गर्नुपर्ने भएकाले पनि समस्या थप जटिल बन्दै गएको आमा नैनले बताईन् । ‘घरमा एकछाक खानेपनि छैन्,‘एउटा छोरी मृत्युसंग संघर्ष गदैछिन्’ नैनले भनिन् । उनका अनुसार मिजारको मुटुको भल्भमा समस्या देखिएपछि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको छ । मिजारको जीवन बचाउने अभियानमा आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई अनुरोध गरिएको छ।

विद्यालयमा कक्षा ६ मा अध्ययरत परियार पटकपटक विरामी हुने गरेकाले पनि नियमित विद्यालयमा समेत नियमित जान नसक्ने अवस्थामा छिन् । एक बर्ष अगाडी बुबाको समेत मृत्यु भएपछि निकै कष्टकर जीवन विताइरहेकी छन् । सानैमा निमोनियाग्रस्त मिजारको मुटुमा प्वाल परेको छ । उपचारका लागि करिव ३ लाख खर्च र नियमित औषधी र चेकजाँच गर्नका लागि थप आर्थिक लाग्ने चिकित्सकले बताएका छन् । मिजारको अप्रेसन निशुल्क भएपनि यातायात सहित नियमित औषधी लगाएत अन्य खर्चहरु हुने भएकाले पनि चिकित्सकले सहयोगका लागी अपिल गरेको छ ।