एभरग्रीन कप : क्वाटरफाइनलका खेलमा आयोजक नै हावी

0

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा जारी चौथा नाईन ए साईड एभरग्रीन कप फुटबल प्रतियोगिताका खेलमा आयोजन नै हावी भएको छ । बिहिबार सम्पन्न भएका क्वाटरफाइनलका खेलका चार खेलमा आयोजक एभरग्रीन यूथ क्लव तीनवटा खेलमा विजय हासिल गरेको छ । हिन्दु नेपालीहरुको महानपर्व दशैंतिहारको उपलक्ष्यमा सर्वाधिक धनराशीको प्रतियोगिताको क्वाटरफाइनलको पहिलो खेलमा एभरग्रिन ‘निलो’ ले अर्थुङ्गे यूनाइटेडलाई ०–३ गोल प्रहार गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा एभरग्रीनलाई उत्साही समुह पर्वत बेनीले ०–४ गोल प्रहार गरेको थियो । बिहिबार नै भएको अर्को खेलमा कालिपूल यूनाईटेडलाई एभरग्रीनले ०–३ गोल प्रहार गरेको थियो । क्वाटरफाइनलको अन्तिम खेलमा एभरग्रीनले कालिपुल यूनाईटेडलाई फराकिलो अन्तर ०–५ गोल प्रहार गरेको क्लवका सदस्य जगत थापाले बेनीअनलाइनलाई बताए । प्रतियोगितामा आयोजकबाट खेलमा सहभागि भएका तीन र उत्साही समुह पर्वत सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आयोजक नै प्रतियोगितामा हावी भएपछि सेमिफाइनलमा आयोज विरुद्ध आयोजकै खेल रोमाञ्चक हुने निश्चित छ । शुक्रबार विहान सेमिफाइनल र दिउँसो फाइनल खेल हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ३० हजार द्धितिय हुनेलाई नगद ७० हजार र सेमीफाईनलबाट बाहिरिने समुहलाई नगद १५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा अनुशासित टिमलाई १५ हजार, उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, उत्कृष्ठ मिडफिल्डरलाई ५ हजार, उत्कृष्ट गोल किपर, उत्कृष्ट स्ट्राकर, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्डरलाई ५ हजार रहेको क्लवका अध्यक्ष ललित पूर्जाले बताए । क्लवले खेलकुद संगै सरसफाई, आर्थिक सहयोग तथा सामाजिक अभियानमा समेत सक्रियता देखाउने गरेको छ । यसैबीच प्रतियोगिताको पहिलो दिनका दुवै खेलमा आयोजक एभरग्रिनले जित निकालेको छ । उद्घाटन खेलमा आयोजकले कालिपुल र दोस्रो खेलमा लर्भर ग्रुपलाई पराजित गरेको हो । प्रतियोगितामा १४ टिमको सहभागिता थिए ।