नेपालीको प्रमुख पर्व दसैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तिय संस्थामा खुद्रा नोटको माग बढेको छ । दशै नजिकदैं जाँदा नयाँ र खुद्रा नोटको अभाव हुने हल्ला चलेपछि दैनिकजसो खुद्रा पैसाका लागि वित्तिय संस्थामा भिड लाग्न थालेको हो। चाडपर्वमा किनमेल गर्न बजार झर्ने सर्वसाधारणले करिव ५ करोडको हाराहारीमा नयाँ र खुद्रा नोटको माग गरेको बैंक तथा वित्तिय संस्थाले जनाएको छ ।

‘अत्याधिक माग छ,‘सर्वसाधारणलाई मात्रै वितरण गरका छौ’ नेपाल बैंक म्याग्दी शाखाका प्रवन्धक मोहन प्रसाद लामिछाने भने। उनले सर्वसाधारणलाई १८ हजार ५ सयको दरले नयाँ नोट वितरण गरिएको बताए । विगतका बर्षको तु्लनामा बैंकमा माग अनुसार नोट उपलब्ध नहुदाँ समस्या भएको बताए । उनका अनुसार गतबर्षको तुलनामा ३० प्रतिशतभन्दा कम नयाँ र खुद्रा पैसा कम आएकाले माग अनुसार वितरण गर्न नसकिएको बताए ।

नेपाल बैंकमा राष्ट्रबैंकको नोट कोष समेत रहेको छ । यसबर्ष राष्ट्र बैंकबाट ५, १०, २०, ५०, १०० रुपैयााको नयाँ नोट उपलब्ध गराएको छ । यसपटक ९ सय जनालाई लाइनमा राखेर वितरण गरिएको छ । नेपाल बैंकले वितरण गर्ने नयाँ नोट अपुग भएसंगै बजारमा रहेका निजी बैंक तथा वित्तिय संस्थामा समेत लाइन लाग्न थालेको छ ।

समयमै उचित ब्यवस्थापन गर्न नसक्दा आफ्नै ग्राहकलाई समेत नयाँ र पुरानै भएपनि खुद्रानोट उपलब्ध गराउन सकस भएको वित्तिय संस्थाका कर्मचारीको भनाई छ । नयाँ नोट ल्याउन गाउँबाट बजारमा आएका सर्वसाधारणले आवश्यकता अनुसार प्राप्त गर्न नसकेको बताए । विगतको तुलनामा नेपाल बैकमा सहजै लाइनमा उपलब्ध गराइएपनि अपुग भएको बेनपा २ बगरफाँटका टोप बहादुर घर्ती क्षेत्रीले बताए । यता निजी बैंक तथा वित्तिय संस्थाले आफ्ना ग्राहकको माग अनुसार नोट उपलब्ध गराउन नसकिएको बताएका छन् ।

गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमल प्रसाद ढुंगानाले जिल्लाभित्र रहेका चारवटा शाखाबाटमा ग्राहकको आवश्यकता अनुसार नयाँ नोट उपलब्ध गराउन समस्या भएको बताए । ५० र १ सयको नयाँ नोटको माग धेरै रहेको छ । नयाँ सहित एक पटक प्रयोग भइसकेका सुकिला नोट वितरण गरेमा खुद्रा पैसाको अभाव ठेग्न सकिने वित्तिय संस्थाका प्रतिनिधिको भनाई छ ।शाखा विस्तार गरेका केही निजी बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंक पोखरा र आफ्नै केन्द्रिय कार्यालयबाट समेत नयाँ नोट ल्याउने गरेका छन ।

विज्ञापन