पाइलट सिद्धार्थ गुरूङ भन्छन्,‘बेसक्यामबाट तीन सय मिटर तल शव देखियो’

0
460

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा्स्थित हिमाल आरोहणमा गएको कोरियाली टोली सहित नेपालीको टोली ठूलो हावाहुरीमा परेको जानकारी पाएपछि सिम्रिक एयरको हेलिकप्टरमा पहिलो टोली घटनास्थल आसपासमा पुगेर फर्किएको छ। घटनास्थलको प्रारम्भीक जानकारी लिन पुगेको टोलीले आरोही सहित नेपाली गाईडको खोजीमा केही समय आकाशबाटै अवलोकन गरेको थियो । बेसक्याप नजिक रहेको तम्जाकुना बनमा शव देखिएपछि पाइलट सिद्धार्थ गुरूङले शवको अवस्था र निकाल्न सकिने बारेमा तत्काल जानकारी गराएका थिए ।

आकाशबाट जिवितै भएजस्तै देखिने केही दृष्य देखिएको समेत टोलीको भनाई छ। अग्लो भीरमा टेन्टमा बसेको टोली तिब्र हावाहुरीले उडाएको थियो । बिहिबार भएको घटनाको जानकारी शुक्रबार साँझमात्रै जानकारी आएपछि कोरियाली आरोही टोलीलाई पठाएको पोजेक्ट ओए नामक एजेन्सीले सिम्रिक एयरबाट आरोही सहितको टोलीको अवस्थाका बारेमा जानकारी लिन शनिबार विहानै घटनास्थलमा पुगेको थियो । घटनास्थल आसपासमा भिषण हावाहुरीले रुख भाँिचएको देखिन्छ । आरोही टोलीको सम्पूर्ण सामानहरु जंगलमा भेटिएका छन् ।

हेलिकप्टरबाट हिमाल आसपाको क्षेत्रको अवलोकन गरेपनि तत्कालै हेलिकप्टर अवरतण गर्न समस्या भएपछि टोलीले शवको अवस्था हेरेर अर्को रेस्यू टोली ल्याउनुपर्ने बताएको थियो । ‘८ वटा शव देखियो,‘अग्लो डाँडामा बसेको कारण पनि क्षती भएको हुनसक्छ’ क्याप्टेन गुरूङले भने । उनका अनुसार स्थानीयले शव निकाल्ने प्रयास गरिरहेका छन् । स्थानीयको प्रयास असफल भएमा हेलिकप्टरबाटै निकाल्न सकिने अवस्थामा छ । घटनास्थल आसपासका क्षेत्रमा मात्रै क्षती भएको देखिन्छ । क्याप्टेन गुरूङका अनुसार एउटा शव फेला परेको छैन् ।