म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा्स्थित हिमाल आरोहणमा गएको कोरियाली टोली सहित नेपालीको टोलीको शव आइतबार ल्याइने भएको छ । हिमाल आरोहणका लागी प्रस्थान गरेको टोली हिमपहिरो सहित हावाहुरीमा परेपछि शनिबार विहान गएको टोलीले शव ल्याउन आवश्यक तयारी गर्नुपर्ने भन्दै शनिबार शव ल्याउन नसकिने जनाएको काठमाण्डौबाट गूर्जाका दिप छन्त्यालले बताए ।

उनका अनुसार आइतबार विहानै शव ल्याउन टोली प्रस्थान गर्ने छ । जिल्लाकै विकट गूर्जाबाट करिव ६ घण्टाको दुरीमा रहेको बेसक्यामबाट करिव ३ सय मिटर तल शव भेटिएका थिए ।सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियन र ४ जना नेपाली टोली एक्कासी चलेको हावाहुरीले टेन्टसंगै उडाएपछि बेपत्ता भएका बताइएपनि बिहिबार हिमपहिरो संगैको हावाहुरीले ज्यान गुमाएको आशंका गरिएको छ ।