गाउँबाट यार्सा सङ्कलन गर्न जाँदा भीम बहादुर छन्त्याल लडेर ज्यान गयो । नाकै ठोकिने र जोखिमपूर्ण बाटोमा गूर्जाकै कुलु विक, कोट बहादुर छन्त्यालले बन्यजन्तुको शिकार गर्ने क्रममा लडेर मृत्यु भएको थियो । पछिल्लो दुईदशक यता गूर्जा हिमालको आधार शिविरमा यार्सा सङ्कलन, बन्यजन्तुको शिकार, घाँसदाउराको खोजी गर्ने क्रममा ७ जना स्थानीयले आसपासका क्षेत्रमै ज्यान गुमाइसकेका छन् ।

बहुमुल्य जडिबुटीको खानी समेत मानिने गूर्जा हिमाल आसपासका क्षेत्रमा स्थानीयले नाक ठोकिने ठाडो पहाडका विभिन्न जोखिमपूर्ण ठाउँमा बाटो बनाउँदै आवतजावत गर्ने गरेका थिए । अक्करे भिर, जंगल भित्रको यात्रा र चारैतर्फ पहाडै पहाडको खोच हुदै आधार क्षेत्रमा पुग्ने क्रममा धेरै स्थानीय चोट लागेर घाईते समेत भएको स्थानीय यूवा सोमप्रसाद छन्त्यालले बताए । ‘सोही क्षेत्रमा जादाँ ज्यान गुमाएका छन्,‘त्यहाँ पुगेर जीवितै आउन मुस्किल हुन्छ’ छन्त्यालले भने ।

दुईदशक यता दक्षिण कोरियाली ५ पर्वतारोही र ७ स्थानीयले आसपासकै क्षेत्रमा ज्यान गुमाएको बताए। उनले हरेक बर्ष यार्सा सहितका बहुमुल्य जुडिबुटीको खोजीमा जाने गूर्जा हिमाल आसपासका बहुमुल्य धातुको खानी समेत छ । ‘नाकै ठोकिने चट्टानी पहाड हुदै यात्रा गर्नुपर्छ,‘त्यहाँबाट खसेपछि शरीरको टुक्रा भेटाउन पनि मुस्किल छ’ वडा अध्यक्ष झकप्रसाद छन्त्यालले भने । उनले जिल्लाको विकट बस्तीमा बसोबास गर्नेलाई समान्य आवतजावत गर्ने पदैलमार्गको समेत अभावमा मृत्युसंग संघर्ष गर्नुपरेको बताउँदै पर्यटन मन्त्रालयले आरोहणको अनुमति अगाडी ब्यवस्थित पूर्वाधार बनाउने तर्फ चासो नदेखाएको बताए ।

‘त्रासदीपूर्ण बाटोबाट आउनुपर्ने बाध्यता छ,‘पहाड हेर्दा पनि आङ सिरिगं हुन्छ’ धवलागिरी गाउँपालिकाका प्रबक्ता समेत रहेका छन्त्यालले भने । उनले आधार क्षेत्रसम्म आवतजावत गर्ने सहज मार्ग, ब्यवस्थित रुटको आवश्यकता रहेको बताए ।
उनले दक्षिण कोरियाली टोलीले भौगोलिक अवस्थाको पहिचान नगरी हिमपहिरो खसिरहने क्षेत्रबाट करिव ५० मिटर तल टेन्टमा बसेको अवस्थामा तिब्रगतिको हिमपहिरोसंगै हावाहुरीले शव छरिएको बताए ।

उनले बस्ती आसपासका क्षेत्रमा भेडाबाख्रा समेत आवतजावत गर्न नसक्ने भीरबाट दैनिक स्थानीय आवतजावत गर्दा मानवीय क्षतीको जोखिम रहेपनि बजेट अभावमा काम हुन नसकेको बताए । स्थानीयले कठोर र बलबान मुटु बनाएर यात्रा गर्ने गरेको छन्त्यालको भनाई छ । गूर्जा हिमालको आधार क्षेत्र आसपासकाको क्षेत्रमा महिलालाई आवतजावतमा प्रतिबन्ध लगाइएको छ । हिमाल आसपासमा जाने स्थानीयल सिद्ध बाबाको पुजाआजा गर्ने गरेका छन् । मदिरा, मासुजन्य पदार्थहरुलाई समेत लैजान पाइदैन् । स्थानीय बुढापाकाले विगतमा मासु र मदिरा लगेर गएकाहरुको फर्कने क्रममा लडेर मृत्यु भएकाले पनि पूजाको विधि पुरा गरेर मात्रै आवतजावत गर्ने गरिन्छ ।