हिमआँधीमा परी खोँचमा खसेका आरोही सहित ९ जनाको शव निकालियो

0
778

हिमआँधीमा परी मृत्यु भएका दक्षिण कोरियाली नागरिक सहितको नेपाली टोलीको शव करिव पाँचदिन पछि गुर्जा हिमाल आधार शिविरबाट निकालिएको छ । धवलागिरी गाउँपालिक वडा नं १ मा अवस्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँचजना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगी गरी नौजनाको शव आइतबार आधार शिविरको अनकन्टार भीरबाट स्थानीयको सहयोगमा निकालिएको थियो ।

गत बुधबार रातबाट सम्पर्कविहिन भएका टोलीको खोजीकार्य गर्ने क्रममा शुक्रबार साँझ खोजीकार्यमा पुगेको टोलीले मृत अवस्थामा भेटेपछि घटना सार्वजनिक भएको थियो । हिमालको पहिलो आधार शिविरमा आएको हिमआँधीमा परी मृत्यु भएका र बेपत्ता ५ जना कोरियाली र ४ जना नेपाली मध्ये आठ जनाको शव काठमाडौं लगिएको छ भने स्थानीय गाईड नेत्रबहादुर छन्त्यालको शव जिल्ला अस्पताल बेनीमा ल्याई पोष्टमार्टम पछि हेलिकप्टर मार्फत गुर्जा पु¥याइएको छ ।

भौगोलिक रुपमै विकट आधार शिविरमा टेन्ट सहित उडाएर जंगलसम्म पुगेका शव सङ्कलन गर्न हम्मेहम्मे परेको थियो । हिमालय क्षेत्रको दुर्घटना सम्बन्धी तालिम प्राप्त खोजकर्तालाई समेत शव निकाल्न सकस भएको थियो ।पर्यटन मन्त्रालयले पहिलोपटक गूर्जा हिमालमा आरोहण खुल्ला गरेपछि नेपालका दर्जनौ हिमाल आरोहणको अनुभव बटुलेका किम चङ होको नेतृत्वमा गएको टोली आधारशिविरमा पुगेको दुईदिनमै हिमआँधीमा परेको अनुमान गरिएको प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले बताए।

हिमआँधीमा ज्यान गुमाएका गुर्जाका छन्त्यालको आइतबार गाउँमै धार्मिक संस्कार अनुसार अन्तेष्टि गरिएको मृतकका आफन्तले बताएका छन् ।बाँकी ८ जना मृतकहरुको शव भने काठमाडौं लैजाने पु¥याइएको छ ।घटनास्थलको स्थलगत अनुगमन गर्न कोरियाली दुतावास तथा आफन्तहरु हेलिकप्टरमा पुगेका थिए । कोरियाली टोलीलाई स्थानीयले रुटका बारेमा जानकारी गराएका थिए ।शव सङ्कलनमा खटिएका टोलीका अनुसार दुर्घटनास्थलमा हिमपहिरोको कुनै संकेत देखिदैन् ।

करिव ३ साता गुर्जा हिमालको आरोहण गरी फर्किने तयारी सहित ४० जना स्थानीयले पु¥याएको खाद्यान्न सहितको सामान समेत भिरभरी छरिएको अवस्थामा भेटिएको थियो । जिल्लाकै अन्तिम बस्ती गुर्जा गाउँबाट घटनास्थल आधारशिविर पुग्न झन्डै ८ घण्टा लाग्छ । प्रहरीका अनुुसार ट्रेकिङ क्याम्प नेपाल प्रालीबाट दुइ समुह बनाएर कोरियाली पदयात्री गएका थिए। ती मध्ये आरोहणका लागि गएको पहिलो समुह अघिल्लो शनिबार गुर्जा पुगेको थियो ।