बगाले थापा समाज धवलागिरिको नवौं साधारण सभा तथा तेस्रो अधिवेशनले भीमबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राज थापा, सचिवमा रीमप्रकाश थापा कोषाध्क्षमा मिठु थापा र सहसचिवमा सन्तोष थापा चयन हुनुभएको छ ।सदस्यमा डा. दिनबहादुर थापा, तप्तबहादुर थापा, लक्ष्मी थापा, रेशमबहादुर थापा र तेजेन्द्र थापा हुनुहुन्छ ।

लेखा समितिको संयोजकमा किरण थापा चयन हुनुभएको छ भने सल्लाहकार समितिको संयोजकमा तमबहादुर थापा र सदस्यमा दुर्गबहादुर थापा, कृष्णबहादुर थापा, विष्णुप्रकाश थापा, थम्मनसिंह थापा, डा. बुद्धिबहादुर थापा र कृष्णबहादुर थापा चयन हुनुभएको छ ।

यस्तै अधिवेशनले नानु थापाको संयोजकत्वमा महिला उपसमिति पनि गठन गरेको छ । उपसमितिको सचिवमा शर्मिला थापा र शान्ति थापा चयन हुनुभएको छ । निसान पूजा व्यवस्थापन समितिको संयोजकमा होमबहादुर थापा, सदस्यमा काजी यामबहादुर थापा, अर्जुन थापा, ओमबहादुर थापा चयन हुनुभएको छ ।पोखरा सम्पर्क समितिको संयोजकमा खड्क थापालाई जिम्वेबारी तोकिएको छ । यस्तै काठमाडौं, भैरहवा, जापान, बेलायत लगाएतका स्थानमा सम्पर्क समिति बनाइने सचिव राज थापाले जानकारी दिनुभयो । साधारण सभा तथा अधिवेशन गत शनिबार बगाले थापाहरुको कुलपितृ तीर्थस्थल म्याग्दीको धवलागिरि गाउँपाािलका–७ ताकम, धारापानीमा सम्पन्न भएको थियो ।