मोना फ्रान्सले ओमकुमारी शान्ति कोषलाई ३ लाख सहयोग

म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सङ्कलन गरेको छ । जिल्लामा चरम गरिबी तथा आर्थिक अभावकै कारण उपचारबाट बन्चित भएका म्याग्देलीलाई लक्षित गरी स्थापना गरिएको कोषलाई सहयोग जुटाउन आयोजित कार्यक्रममा मोना फ्रान्सका अध्यक्ष हेम बहादुर बानियाँले संस्थागत संरक्षक सदस्य ग्रहण गदैं ३ लाख सहयोग जुटाउने घोषणा गरेका थिए ।

ब्यक्तिगत खर्चमा यूरोपको भ्रमणमा रहेका कोषका अध्यक्ष राजेश शाक्य, सचिव लोकेश पुनमगर, कोषाध्यक्ष खम थापा र आजिवन सदस्य रेश्मा श्रेष्ठ शाक्यलाई स्वागतमा आयोजित कार्यक्रममा म्याग्दी जिल्लाकै परोपकारी संस्थाको रुपमा स्थापित कोषलाई फ्रान्समा रहेका म्याग्देली सहित नेपालीलाई समेत लक्षित गरी सहयोग सङ्कलन गरिने अध्यक्ष बानियाँले बताए ।

‘गरिबीकै कारण उपचारबाट बन्चित हुन नदिने महान अभियानमा संगै जान्छौ,‘संस्थाले गरेका हरेक गतिविधिलाई नजिकबाट हेरिरहेका छौ’ बानियाँले भने ।फ्रान्समा म्याग्देलीको संख्या निकै कम भएपनि संस्थागत सदस्य सहित भविस्यमा पनि निरन्तर सहयोगी बन्ने बताए । सोही अवसरमा संस्थागत गतिविधिलाई लक्षित गरी तयार गरिएको गतिविधि सहितको डकुमेन्टी अध्यक्ष बानियाँले विमोचन गरेका थिए ।

सोही अवसरमा संस्थागत गतिविधिलाई लक्षित गरी तयार गरिएको गतिविधि सहितको डकुमेन्टी अध्यक्ष बानियाँले विमोचन गरेका थिए । सोही अवसरमा मंगला गाउँपालिका ५ अर्मन टिकावाङ स्थायी घरभई मोना फ्रान्सका सल्लाहकार पदम शेरचन ३ सय यूरो, मंगला गाउँपालिका १ कुहुँ स्थायी घर भएका मोना फ्रान्सका उपाध्यक्ष देबेन्द्र केसी ३ सय यूरो, मंगला २ सस्रधारा स्थायी घरभई पेरिसमा रहेको प्रिटी ब्यूटीपार्लरकी संचालिका लेककुमारी शेरचन ३ सय यूरो, बेनपा ४ तातोपानी घर भई फ्रान्स रहेकी पुनम केसी बानियाँले स्वर्गीय डा. मंगल केसीको स्मृतिमा २५० यूरो, रघुगंगा गाउँपालिका २ भगवती स्थायी घर भएका संस्थाका सल्लाहकार अमृत केसी १ सय यूरो र कार्यक्रम आयोजित रेन्टुरेन्टका मालिका नारायण न्यौपाने १ सय यूरो सहयोग गरेका थिए । सोही अवसरमा आजिवन सदस्यता समेत वितरण गरिएको थियो ।

कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यले आर्थिक अभावले उपचारबाट बन्चित भएका १ सय जनाको उपचारमा झन्डै २ करोडभन्दा धेरै सहयोग गरिएको बताए । ‘मृत्युको पखाईमा बस्नुभएका धेरै उपचारपछि घर फर्किनुभएको छ,‘उहाँहरु नै अन्य विरामीको सहयोग सङ्कलन अभियानमा जुट्नु भएको छ’ शाक्यले भने । उनले न्यूनतम ५ हजार देखी ४० लाखसम्म खर्च भएको बताए ।

बोनम्यारो रोगका कारण उपचारका क्रममा दिवङ्गत भएकी बेनपा–४ की ओमकुमारी पुन (शान्ति)को सम्झनामा विसं २०७१ मङ्सिरमा स्थापित कोषले हालसम्म १ सय जनालाई सहयोग गरेको हो ।मुटु, मिर्गौला, रक्तक्यान्सर, हेपाइटाइटिस बि, मालिग्रन्ट क्यान्सरलगायत जटिल रोगबाट थलिएका विपन्नको उपचारका रु २ करोड लाख १० लाख उपलब्ध गराइएको कोषका सचिव लोकेश पुनमगरले जानकारी गराएका थिए ।

उपचार सम्भव भएको चिकित्सकले सिफारिस गरेका र आर्थिक अवस्था कमजोर भएका सहयोग उपलब्ध गराउँदै सङ्कलन हुने रकम सम्बन्धित अस्पतालले उपलब्ध गराउने बिलको आधारमा भुक्तानी गर्ने गरिन्छ ।प्रत्येक बिरामीको सहयोग सङ्कलन अभियानका लागि छुट्टाछुट्टै बैंक खाता खोलिने, दाताबाट प्राप्त हुने सहयोग र खर्च विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारणले कोही पनि म्याग्देलीले ज्यान गुमाउन नपरोस् भन्ने स्थापित कोषमा एक करोड ५० लाख पु¥याउने र त्यसको ब्याजबाट सहयोग गर्ने लक्ष्य पुरा गर्न यूरोपको फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगल लगाएतका देशमा रहेका म्याग्देलीलाई अभियानमा बारेमा जानकारी सहित सल्लाह सुझाव लिन टोली दुईसाता लामो यूरोप भ्रमणमा निस्किएको हो ।हालसम्म १८ जना व्यक्तिले रु दुई लाख सहयोग गरेर कोषको संरक्षक र ४१३ जनाले रु पाँच हजार सहयोग गरेर आजीवन सदस्यता लिएका छन् ।