पित्त र कलेजो क्यान्सर पिडित सिता केसीको उपचारमा आर्थिक अभाव

0
355

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुकोट खबराकी ३५ बर्षीय सिता केसी घिमिरेको उपचारमा समस्या भएको छ । पित्त र कलेजोको क्यान्सरबाट पिडित केसीको आर्थिक अभावका कारण उपचारमा समस्या आएको हो । घरायसी समस्या र उपचारमा ठुलो रकम खर्च हुने भएकाले पनि परिवारले सहयोगको याचना गरेका छन् ।

बि.पि कोईराला मेमोरियल क्यान्सर हस्पीटलमा उपचार गराईरहेकी केसीको आर्थीक अबस्था निकै कमजोर भएकाले उपचारमा समस्या भएको देबेन्द्र घिमिरेले बताए । ‘भाउजुको उपचारमा लाखौँ लाग्ने हस्पिटलले जानकारी दिएको छ । उहाँको आर्थीक अबस्था कमजोर छ’ उनले भने। घिमिरेका अनुसार आर्थिक अभावक कारण उपचारमा समस्या भएपछि स्वदेश तथा विदेशमा रहेका ज्यामरुककोटबासीलाई सहयोगको अपिल गरिएको छ ।

उनको उपचारको लागी एनसीसी बैंक बेनी शाखामा गाउँका तिन जनाको नामा सयुक्त खाता खोलीएको छ । उपचारमा सहयोग गर्नेले धु्रबराज कार्की, प्रकाश बहादुर घिमिरे र मनकाजी घिमिरेको नाममा रहेको खाता नं. ११८०००००२५११० मा रकम जम्मा गर्न सकिने छ ।