दशैं मनाउन रानीपौवाकी जितकुमारीलाई खाद्यान्न र लत्ताकपडा सहयोग

0
215

रघुगंगा गाउँपालिका–३ रानपौवाकी जितकुमारी कार्कीले पेटभरी खान पाउँदैनन् । गाउँघरका अरु दशैैंको रमझममा रमाइरहेपनि छिमेकीले बनाइदिएको घरमा बस्दै आएकी कार्कीलाई दशैंको कुनै चासो छैन् । छाप्रोमा रहेको चुलोमा भात पाके उनलाई यूद्ध नै जिते जस्तै हुन्छ । नेपालीको प्रमुख चाड दशैं नरमाईलो र खल्लो भएको अनुभव पनि छैन् । न उनको परिवारमा जम्मा भएर मनाउने कोही छैन् ।

दशैंको दिनमा छिमेकीको घरमा गएर मनाउने गरेकी कार्कीको समस्या जानकारी पाएलगत्तै बेनीका एक यूवाहरुको सक्रियतामा हाईपर गु्रपले कार्कीलाई खाद्यान्न, लत्ताकपडा सहित आवश्यक करिव ११ हजारको सामान खरिद गरेर हस्तान्तरण गरेको छ । समुहका अध्यक्ष अनुप बानियाँको नेतृत्वमा गएको टोलीले कार्कीको घरमै पुगेर हस्तान्तरण गरेको हो । ‘उहाँलाई दशैंमा लगाउन लुगा र मिठो खान दिएर फर्कियौं,‘सानो–सानो सहयोग जुटाएर पुगेका थियौं’बानियाँले भने ।

उनका अनुसार क्रियटिप मिडियाका सञ्चालक भुपेन बानियाँ, हङकङमा रहेका आसिका पुन, मलेसियामा रहका योगेन ब्लोन, भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी शोभा बैद्यको सहयोगमा साम्रागी खरिद गरी हस्तान्तरण गरिएको थियो ।समुहका सदस्य अविश्ना ठकुरी, एन्जिला शाक्य, एमिसा मगर, अनुशा शाही ठकुरीले टोल सुधार समितिका अध्यक्ष गणेश कार्की, नमिता कार्की शाही, स्थानीय तोरण कार्की, कुशल कटुवालमार्फत सहयोग हस्तान्तरण गरेका थिए । आफ्नै महानपर्व दशैंमा समेत आर्थिक अभावले खल्लो भएका बस्ती बस्तीमा छन् । समुहले यसअगाडी रक्तदान सहित विभिन्न सामाजिक कार्यमा समेत सक्रियता देखाएको थियो ।