मोना बेल्जियम शान्ति कोषको संरक्षक सदस्य, थप सहयोग सङ्कलन गरिने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई ३ लाख सहयोग गदैं संरक्षक सदस्यता लिएको छ । म्याग्दी जिल्लामा चरम गरिबी तथा आर्थिक अभावकै कारण उपचारबाट बन्चित भएका म्याग्देलीलाई लक्षित गरी स्थापना गरिएको कोषलाई सहयोग जुटाउन मोना बेल्जियमले गरेको कार्यक्रममा आर्थिक अभावले म्याग्देलीले अकालमै मृत्युबरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानलाई बेल्जियमबाट निरन्तर सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा कोषको विधान अनुसार ३ लाख सहयोग गदैं संरक्षक सदस्यता लिएको ओमकुमारी शान्ति कोषका कोषाध्यक्ष खम थापामगरले बताए ।उनका अनुसार ब्यक्तिगत संरक्षक सहित थप सहयोग संकलन गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

ब्यक्तिगत खर्चमा यूरोपको भ्रमणमा रहेका कोषका अध्यक्ष राजेश शाक्य, सचिव लोकेश पुनमगर, कोषाध्यक्ष खम थापा र आजिवन सदस्य रेश्मा श्रेष्ठ शाक्यलाई स्वागतमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष योगेन्द्र बहादुर विकले आर्थिक अभावकै कारण उपचारबाट बनिचत हुने अवस्थाको अन्त्यमा कोषको भूमिको विश्वभर प्रशंसा भइरहेको बताए । सोही अवसरमा संस्थागत गतिविधिका बारेमा जानकारी सहितको आधिकारिक साईट समेत अध्यक्ष विश्वकर्माले शुभारम्भ गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोषका अध्यक्ष राजेश शाक्यले आर्थिक अभावले उपचारबाट बन्चित भएका १ सय जनाको उपचारमा झन्डै २ करोडभन्दा धेरै सहयोग गरिएको बताए । कार्यक्रममा कोषका सचिव लोकेश पुनमगरले संस्थागत गतिविधि, कोषाध्यक्ष थापाले आर्थिक तथा उपचारमा सहयोगका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा पूर्व अध्यक्ष चन्द्र कार्की, सक्रिय सदस्य ज्ञानु बरुवालले स्वागत गरेका थिए भने सल्लाहकार चन्द्र शर्माले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव प्रदिप सुमन थापामगरले गरेका थिए ।