मोना नेदल्याण्डले ओमकुमारी शान्ति कोषलाई ३ लाख सहयोग

म्याग्दी प्रवासी नेपाली संघ (मोना) नेरल्याण्डले म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संस्थागत संरक्षक सदस्यता लिएको छ । म्याग्दी जिल्लामा विपन्न तथा आर्थिक अभावले उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा सक्रिय रहेको कोषको १ करोड ५० लाखको अक्षय कोष अभियानमा नेदरल्याण्डमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था मोनाले उक्त सहयोगको घोषणा गरेको हो ।

संस्थागत संरक्षक सदस्यताका लागि ३ लाख प्रतिबद्धता जनाएपछि कोषका अध्यक्ष राजेश शाक्यले मोना नेदरल्याण्डका अध्यक्ष जंग बहादुर पुनलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । ब्यक्तिगत खर्चमा यूरोपको भ्रमणमा रहेका कोषका अध्यक्ष राजेश शाक्य, सचिव लोकेश पुनमगर, कोषाध्यक्ष खम थापा र आजिवन सदस्य रेश्मा श्रेष्ठ शाक्यलाई स्वागतमा आयोजित कार्यक्रममा मोना अन्तराष्ट्रियका महासचिव मिम पुर्जा, आइसी सदस्य शेर बहादुर शेरचन लगाएतको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि कोषका अध्यक्ष राजेश शाक्यले गरिबीकै कारण मृत्युबरण गर्ने म्याग्देलीलाई उपचारबाट नयाँ जीवन दिने अभियानमा सहभागी हुनुभएकोमा धन्यवाद दिएका थिए ।

उनले संस्थागत गतिविधिमा हुने खर्च समेत सहयोगबाट एक रुपैयाँ पनि प्रयोग नगरिने बताए । ‘उपचारका लागी जुटाइएको पैसा उपचारमै खर्च हुन्छ,‘संस्थाभित्र आयोजना हुने सबै खर्च ब्यक्तिगत रुपमा मैले ब्यर्होने गरेको छु’ शाक्यले भने । कार्यक्रममा मोना नेदल्याण्डका अध्यक्ष पुनले शान्ति कोष म्याग्देली जनताको भगवान जस्तै भएको बताए ।

उनले भविस्यमा समेत रचनात्क सहयोग गर्ने बताए । कार्यक्रममा कोषका सचिव लोकेश पुनमगरले संस्थागत गतिविधि, कोषाध्यक्ष थापाले आर्थिक तथा उपचारमा सहयोगका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा सहभागिले आफ्नो धारणा राखेका थिए । महासचिव जनक बानियाँले सञ्चालन गरेको कार्यक्रममा आजिवन सदस्यता विस्तारमा समेत सहयोग गर्ने जनाइएको छ ।

आर्थिक अभावले उपचारबाट बन्चित भएका १ सय जनाको उपचारमा कोषले झन्डै २ करोडभन्दा धेरै सहयोग गरिएको छ । बोनम्यारो रोगका कारण उपचारका क्रममा दिवङ्गत भएकी बेनपा–४ की ओमकुमारी पुन (शान्ति)को सम्झनामा विसं २०७१ मङ्सिरमा स्थापित कोषले हालसम्म १ सय जनालाई सहयोग गरेको हो ।

मुटु, मिर्गौला, रक्तक्यान्सर, हेपाइटाइटिस बि, मालिग्रन्ट क्यान्सरलगायत जटिल रोगबाट थलिएका विपन्नको उपचारका रु २ करोड लाख १० लाख उपलब्ध गराइएको कोषका सचिव लोकेश पुनमगरले जानकारी गराएका थिए । उपचार सम्भव भएको चिकित्सकले सिफारिस गरेका र आर्थिक अवस्था कमजोर भएका सहयोग उपलब्ध गराउँदै सङ्कलन हुने रकम सम्बन्धित अस्पतालले उपलब्ध गराउने बिलको आधारमा भुक्तानी गर्ने गरिन्छ ।

प्रत्येक बिरामीको सहयोग सङ्कलन अभियानका लागि छुट्टाछुट्टै बैंक खाता खोलिने, दाताबाट प्राप्त हुने सहयोग र खर्च विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ। आर्थिक अवस्था कमजोर भएकै कारणले कोही पनि म्याग्देलीले ज्यान गुमाउन नपरोस् भन्ने स्थापित कोषमा एक करोड ५० लाख पु¥याउने र त्यसको ब्याजबाट सहयोग गर्ने लक्ष्य पुरा गर्न यूरोपको फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगल लगाएतका देशमा रहेका म्याग्देलीलाई अभियानमा बारेमा जानकारी सहित सल्लाह सुझाव लिन टोली दुईसाता लामो यूरोप भ्रमणमा निस्किएको हो ।