शहिद स्मृति प्रतिष्ठान म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा १६औं स्मृति दिवस मनाइएको छ । स्वर्गीय मणिलाल अधिकारीको सम्झनामा एक औपचारिक कार्यक्रमको आयोजनामा गरी स्मृति दिवस मनाइएको हो ।स्व. अधिकारीको तस्विरमा फुल चढाएर माल्यार्पण गरी स्मृति दिवस मनाइएको शहिद स्मृति प्रतिष्ठान म्याग्दीले जनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले स्व. मणिलाल अधिकारीले पार्टीमा पु¥याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

स्व. अधिकारीको फोटोमा माल्यार्पण गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले मणिलाल अधिकारीले पार्टीमा गरेको त्याग र बलिदानलाई पार्टीले कहिल्यै पनि भुल्न नसक्ने बताए । पूर्व सांसद नवराज शर्माले स्व. अधिकारीले पार्टीमा पु¥याएको योगदानको पार्टीले कदर गर्नुपर्ने बताउँदै वर्तमान कम्युनिष्ट सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनका लागि आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

शहिद स्मृति प्रतिष्ठान म्याग्दीका अध्यक्ष भक्त कार्कीको अध्यक्षता र सोमनाथ अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपाका जिल्ला संयन्त्र सदस्य बालकृष्ण सुवेदी, रुप्से सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरत केसी र स्व. अधिकारीको धर्मपत्नी कमला अधिकारीले श्रद्धाञ्जली मन्तव्य राखेका थिए । अधिकारीको २०५९ साल कात्तिक १ गते तत्कालीन विद्रोही पक्षले हत्या गरेको थियो ।