वेवास्ताका कारण ज्यामरुककोटको ऐतिहाँसिक र प्राकृतिक सम्पदा प्रयोग विहिन

0
285

पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका २ मा अवस्थित पर्यटकीय,जैविक र सांस्कृतिक सम्भावनाले युक्त रमणीय स्थल ज्यामरुककोट स्थानीयको वेवास्ता र संरक्षणको अभावमा वत्तिमुनिको अध्याँरो जस्तै बनेको छ ।

बेनीबजारदेखि करिव डेढ घण्टाको पैदल दुरीमा पर्ने ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् ।ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण,माछापुच्छ«े लगाएत १५ वटा भन्दा बढि हिमश्रृङखलाहरुको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटा भन्दा बढि गाउँहरु, सुर्योदय, ग्रामिण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका ७५ प्रतिशत पर्यटकहरु त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवि टीकावहादुर कार्कीले बताउनुभयो । ‘भकुण्डेसम्म पुगेको मोटरबाटोलाई भकुण्डेदेखिे कोटडाँडोसम्म पु¥याउने र २÷४ वटा स्तरीय होटल एवम् रेष्टुरेण्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटकहरु यहाँबाट हिमाल,नदी,गाउँ र सुर्योदयको अवलोकन गर्न आउँन सक्छन’ कार्कीले भन्नुभयो ।

ज्यामरुककोटको इतिहाँस १५ औं शताव्दीको विरासतसंग जोडिएको छ । १५औं शताव्दीको प्रारम्भसंगै थापाहरुले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्गभवानी कोत)का दुर्लभ हातहतियार र अभिलेखहरुको यसको ऐतिहाँसिक महत्वलाई स्पष्टसंग बुझाएका छन् ।

ज्यामरुककोटमा विक्रमसम्वत १२४६देखि १५४५ सम्म थापाहरुले राज्य गरेका र १५४५को भदौ महिनामा थापाहरुको पुख्यौली थलो मानिएको ताकम डिम्वमल्लले कव्जागरेपछि ज्यामरुककोट, पुलाचौर, कुहू र राखुका थापाराजाहरुले आफ्नो खाइपाइआएको राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेना वनेका र थापा राज्यको अन्त्यभएका शिलालेखमा उल्लेख छ ।
यहाँ थापा र मल्ल राजाहरुको ताम्रपत्रमा अंकित इतिहाँस,तोप , खुडाँ,तरवार,ओखल,सिलौटो,छेलो लगाएतका हातहतियार, प्राचिन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् ।

त्यहाँ रहेका हातहतियारहरुको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी , भाला, तरवार , ढाल लगाएतका औजारहरुमा खिया लागेको छ भने कोट परिसर युवायुवतीहरुको क्रिडास्थल र केही टाँठावाठाहरुको व्यक्तिगत सम्पत्तिजस्तै वनेको स्थानीयवासिन्दा यामवहादुर कार्कीले बताउनुभयो ।पर्यटकीय महत्वले समेत उपयुक्त मानिएको खड्ग भवानी मन्दिर परिसरमा केही भौतिक पुर्वाधारहरुको निर्माण गर्नेहो भने वर्षेनी सयौं पर्यटकहरु त्यहाँ पुग्न सक्ने सम्भावना रहँदारहँदै पनि जनप्रतिनिधि र समितिले कुनै पहल गर्न नसकेको स्थानीय वुद्धिजीविहरुले वताएका छन् ।
२०७५ कार्तिक ३ गते साँझ ७ बजे धु्रबसागर शर्मा