म्याग्दीका जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकसम्म जान नसकेपछि खर्चको अभावमा दशैं खल्लो बनेको बताएका छन् । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने झन्झटिलो प्रक्रियाका कारण जेष्ठ नागरिक र असक्तहरुले बैंकसम्म प’गेर भत्ता बुझ्न नसक्दा खर्चको अभावमा दशैं खल्लो बनेको प्यारालाइसेसबाटग्रस्त बेनपा २ का ७४ वर्षिय डम्मरवहादुर कार्कीले बताउनुभयो ।

सरकारले चौमासिकरुपमा जेष्ठ नागरिक,एकल महिला र दलित जेष्ठ नागरिकलाई वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकको शाखासम्म पुग्न नसक्दा उनीहरुले चाडबाडको समयमा पनि खर्च विहीन हुनु परेको ग’नासो गरेका छन् ।
बेनपा २ भक’ण्डेका डम्मरवहादुर कार्कीले सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्न कैयौं पटक सम्वन्धित निकायका प्रम’खहरुसंग अन’रोध गरेपनि वेवास्ता गरेका ग’नासो गर्नभयो ।

साविकका गाविस सचिवहरुले भत्ता वितरणमा वदमासी गरेको,पारदर्शिता नपनाएको कारण देखाउँदै सरकारले बैंकमार्फत सामाजिक सरक्षा भत्ता वितरण गर्ने नीति लिएको थियो । सरकारको यो नीतिले स’विधाका नाममा जेष्ठ नागरिकहरुलाई सास्ती भएकोले जनप्रतिनिधिहरुले आआफ्नो वडाकार्यालयबाट नै भत्ता वितरण गर्ने व्यवस्था मिलाउन’पर्ने जेष्ठ नागरिक सेवा समाज म्याग्दीका अध्यक्ष नैनक’मार श्रेष्ठले बताउन’भयो ।