मोना अन्तराष्ट्रियको चौथो बार्षिक साधारण सभाको तयारी पुरा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको चौथो बार्षिक साधारण सभाको तयारी पुरा भएको छ । यूरोपेली राष्ट्र पोर्तुगलको लिस्बनको सामा होटलमा हुने साधारणसभामा सहभागि हुन विश्वका विभिन्न देशबाट पोर्तुगलमा आउने क्रम जारी रहेको मोना र्पोचुगलका अध्यक्ष कुमार राम्जालीले जानकारी दिए ।विश्वभर छरिएर रहेका म्याग्देलीको साझा संस्था मोना आइसीले साधारणसभामा यूरोपका साथै विश्वका विभिन्न देशबाट मोनामा आवद्ध रहेको टोली पोर्तुगलमा पुगेको छ ।

संस्थागत विकास संगै संयुक्त लगानी, मोनाको सञ्जाल नपुगेका विभिन्न देशमा विस्तार गरी छरिएका म्याग्देलीलाई एकिकृत गर्ने, १ करोडको महिला तथा बालबालिका लक्षित अक्षय कोष, एकद्धार प्रणाली, मोना आईसीको विधान संसोधन, मोना खेलकुद कार्यदल गठन, मोना बेनी लब्लीहिल पदमार्ग निर्माण, राष्ट्रिय कार्यसमिति र क्षेत्रीय संयोजकको प्रतिबेदनका साथै महासचिवको प्रगती, कोषाध्यक्षको प्रतिबेदन समेत प्रस्तुत गदैं मोना घोषणापत्र जारी गरिने साधारण सभाका संयोजक एवम् मोनाका उपाध्यक्ष योगकुमार फगामीले बताए ।

उनका अनुसार बार्षिक साधारणसभामा विविध विषयमा छलफल हुने बताए । मोनमा आवद्ध रहेका विश्वका २६ राष्ट्रमा पत्रचार गरिएको बताउँदै आइतबार विहानसम्म सहभागि पोर्तुगल पुग्ने बताए । आइतबार करिव ३ बजे साधारणसभाको उद्घाटन हुने महासचिव मिम पुर्जाले बताए । साधारण सभामा लोक गायक बिल पुर्जा मगर, मेकसम खाती क्षेत्री र अनुषा थापा लगाएतका कलाकारको प्रस्तुती रहने छ। पोर्तुगलका चर्चित गायिक तेज मगर र गायिका अंकिता मगरको विषेश प्रस्तुती रहने छ । साधारण सभामा यूरोपमै लोकप्रिय धौलागिरी पञ्चेबाजा समुह यूकेका अध्यक्ष बील पुर्जामगरको नेतृत्वमा पञ्चेबाचा र म्याग्दीको पुराना लोकभाका समेत प्रस्तुत गरिने छ ।  

साधारणसभामा मोनाका प्रमुख संरक्षक योगेन्द्र बहादुर क्षेत्री सहितको टोली यूकेबाट प्रस्थान गरेको अध्यक्ष चक्र बहादुर थापाले बताए । उनका अनुसार मोनाको संस्थागत तथा सामाजिक अभियानसंग जाडिएका एजेन्डामा ब्यापाक छलफल सहित घोषणापत्र मार्फत मोना र म्याग्दी जिल्लामा काम गरिने बताए ।उनका अनुसार साधारणसमा नेदरल्यान्डस्, बेल्जियम, फ्रान्स, स्पेन, जापान, हङकङ, अष्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, अमेरिका, क्यानाडा, बेलायत लगायत दर्जनभन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुने भएपनि भिसा प्रक्रियाका लागि भारतमा रहेको पोर्तुगलको दुतावासबाट अगाडी बढाउन केही समस्या तथा खाडी मुलुकबाट अपेक्षा गरे अनुसारको सहभागितामा समस्या भएको बताए । पहिलो दिन उद्घाटन र अर्को दिन बन्दसत्रको कार्यक्रम गरिने छ ।