धवलागिरी गाउँपालिकाका उपाध्यक्ष छन्त्याललाई पितृ शोक

0
188

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याललाई पितृ शोक परेको छ । यूवा नेता एवम् नेकपाको धवलागिरी गाउँपालिका ७ का वडा सयन्त्र सदस्य समेत रहेका छन्त्यालका बुवा दुर्गा बहादुर छन्त्याललको ७७ बर्षको उमेरमा पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पूर्व भारतीय सेना समेत रहेका छन्त्याल बि.श २०५४ सालको स्थानीय निर्वाचनमा निर्विरोध निर्वाचित जनप्रतिनिधि समेत हुन्।

गाउँमा रहेको भुमे आधारभुत विद्यालयका पूर्व अध्यक्ष सहित विभिन्न सामाजिक कार्यको नेतृत्व समेत गरेका थिए । अचानक विरामी भएपछि उपचारका लागि पोखरा लगिएको पारिवारिक स्रोतले जनाएको छ । एक छोरा भारतीय सेनाका कार्यरत रहेकाले उनको आगमन भएलगत्तै आइतबार दिउँसो करिव २ बजे म्याग्दीको खुल्लामञ्च हुदै कालिगण्डकी नदीमा अन्तिम संस्कार गरिएको छ ।