Corpse

दसैंको टीका लगाउन माइतीघर जाँदै गरेकी म्याग्दीकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । रघुगंगा गाउँपालिका ६ कोटगाउँस्थित ढाडेगौडाको भिरबाट लडेर अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरबाट श्रीमान् र छोरीसहित कोटगाउँस्थित माइतीघर जाँदै गरेकी पुनको बाटोबाट डेढ सय मिटर तल खसेर ज्यान गएको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले बताए ।  बिहीबार राति भिरबाट खसेकी पुनको शव शुक्रबार बेनी अस्पतालमा परीक्षण गरेर शनिबार आफन्तको जिम्मा लगाइएको छ ।