ताकम घनाबस्ती विस्तारको योजना द्रुत गतिमा अगाडी बढाउन पहल

0
286

गोपाल आचार्य ताकमको घना बस्ती विस्तारको योजनालाई द्रुत गतिमा अगाडी बढाउन सरकारी तथा निजी क्षेत्रबाट पहलको आवश्यकता रहेको ताकममा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । पश्चिम म्याग्दीको सम्भावनायुक्त क्षेत्र भएपनि विभिन्न कारणले ओझेलमा परेको ताकमलाई भौतिक संरचना सहित घना बस्तीको योजना अपेक्ष गरेभन्दा निकै सुस्त भएको बताउँदै द्रुत गतिमा अगाडी बढाउन आवश्यक बजेट सहितका अभियानमा जुटेको बताएका थिए ।

शनिबार ताकमका आमा समुहले म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनलाई स्वागत, सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै वडा अध्यक्ष कलानिधी शर्माले धवलागिरी गाउँपालिकाको विकासमा घनाबस्तीमा प्रयाप्त बजेट आवश्यक रहेको बताए । सोही अवसरमा म्याग्दी विकास मञ्चका अध्यक्ष तेज बहादुर पुन प्रकाशले विगतमा पनि आफ्नो सक्रियता रहेको बताउँदै घनाबस्तीका बारेमा दशैंको विदा लगत्तै सम्बन्धित विभागमा पुगेर कुरा गर्ने बताए । उनले दुईबर्ष अगाडी समेत सोही कार्यक्रममा सरकारी टोलीसंगै ताकम आएको स्मरण गदैं पुनले आफुँले ढिलासुस्ती भएको योजनाका बारेमा निरन्तरत चासो देखाएको बताए ।

उनले विकास मञ्चबाट समेत स्थानीयसंग सहकार्य गरिने बताए । प्रवासी म्याग्देलीको साझा संस्था मोना अन्र्तराष्ट्रियका संस्थापक अध्यक्ष समेत रहेका पुनले ताकम माविमा प्राविधिक शिक्षाका लागि समेत पहल भइरहेको बताए । उनले ताकम स्वास्थ्य चौकीमा एम्बुलेन्सका लागि ब्यक्तिगत तथा संस्थागत पहल समेत गर्ने बताए । कार्यक्रमको सञ्चाला तथा स्वागत वडा सदस्य अमृता भण्डारीले गरेकी थिईन् ।