प्राकृतिक सुन्दरताले भरिएको म्याग्दीको पुनहिलमा पर्यटकको आकर्षण

0

प्राकृतिक सुन्दरताको उपहारको रूपमा वर्णन गरिने राउण्ड अन्नपूर्ण र धौलागिरि क्षेत्रमा समेटिएको,विश्वप्रशिद्ध घोडेपानी, पुनहिल र रुप्से झरनाले मोहनी लगाउने म्याग्दी जिल्ला घुम्ने अनुकुल मौसम शुरु भएको छ । मौसम खुल्न थालेपछि म्याग्दीको पुनहिल हिमाल हेर्नेको चहलपहल पनि बढेको छ ।

२ लाख २९ हजार ७ सय ६ वर्ग किलो मिटरमा समेटिएको र म्याग्दीका धेरै स्थान घुम्नलायक छन् । यसमध्ये सदरमुकाम बेनीबजार रहेको स्थान, घोडेपानी, पुनहिल, रूप्से झरना, रिखार क्षेत्र, गलेश्वरधाम र सिंगा तातोपानी पर्यटकको गन्तव्य बन्ने गरेको छ । केही दिन यता यि स्थानमा पर्यटकको घुइँचो लागेको छ । दशैं, तिहारको समयमा रमणाीय स्थान भ्रमण गर्नेको उपस्थिति बाक्लिँदा म्याग्दीमा आन्तकिर र बाह्य पर्यटकको आतिथ्यमा म्याग्दी व्यस्त हुने गरेको छ ।

त्यो भन्दा पनि समुन्द्री सतहदेखि तीन हजार २ सय १० मिटरको उचाइमा अवस्थित पुनहिलमा हिजोआज दैनिक पाँच सय जनाको हाराहारीमा विदेशी तथा आन्तरिक पर्यटक भित्रने गर्दछन् ।एकै स्थानबाट बिहानीको सूर्याेदय, धवलागिरी, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु रेञ्जका २० भन्दा बढी हिमशृङखलाको अवलोकन गर्न पाहिने भएकाले पनी पुनहिलमा पर्यटकको चाप बढेको छ । पोखराबाट घुम्न आउने पर्यटकको रोजाईमा रहेको पुनहिलमा स्थानीय ब्यवसायीको न्यानो स्वागतले समेत आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।

घोरेपानी हुँदै पुनहिलको भ्रमणमा जाने पर्यटकलाई लक्षित गरी स्थानीयवासीले अहिले यस क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिएका छन् । गाउँलाई प्लास्टिक मुक्त बनाएका घोरेपानीवासीले लालीगुराँसको संरक्षण र पुनहिलमा थप पूर्वाधार विस्तार गर्ने कामलाई जोड दिएर पर्यटनलाई थप आकर्षित गर्न सफल पनि भएका छन् ।