अर्थुङ्गेमा फाइव-ए-साइड फुटबल प्रतियोगिता सुरु (फोटो फिचर)

ग्रामिण क्षेत्रमा खेलकुदको विकास गर्न ब्यवस्थित खेल मैदानको आवश्यकता रहेको म्याग्दीका प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले बताएका छन् । ‘एक वडा एक खेल मैदान’ को अवधकारणा अनुसार सरकारले खेल क्षेत्रमा लगानीको आधार तयार गरेको बताउँदै स्थानीयस्तरमा खेलमैदानका लागी आवश्यक जग्गाको ब्यवस्था गर्न अनुरोध गरे ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Monday, October 22, 2018

सोमबार बेनी नगरपालिका–६ जामुनाखर्कमा अर्थुङ्गे यूवा क्लवले आयोजना गरेका फाइव –ए–साइड फुटबल प्रतियोगिताको उद्घाटन गदैं सांसद थापाले खेलकुदले शारीरिक तथा मानसिक विकास गर्ने भएकाले पनि विद्यालयस्तरबाटै खेलकुद गतिविधिलाई समेत प्राथकितामा राख्नुपर्ने बताए ।

‘स्वस्थ नागरिक बनाउन खेलको आवश्यकता पर्छ,‘खेलमैदानलाई आवश्यक पर्ने जग्गा ब्यवस्थापन भएमा बजेटको चिन्ता लिनुपदैन्’ नेकपाका केन्द्रिय सदस्य समेत रहेका थापाले भने । उनले जिल्लामा रहेका सबै स्थानीय तहले एक वडा एक खेल मैदानको योजना बनाएकाले खेलाडीलाई पनि चासो देखाउन अनुरोध गरे ।

उनले वर्तमान सरकारले विगतका सरकारबाट बजेटको दुरुपयोग हुने गरी गतिविधि गरेकाले केही असहज भएका बताउँदै राज्यको ढुकुटीमा ब्रम्महलुट मच्याउने प्रयास गरेकाले पनि दुईतिहाइको सरकार भएपनि बृद्धभत्ता सहित चुनावी अभियानमा गरेका प्रतिबद्धता पुरा गर्न असफल भएको बताए । उनले प्रधानमन्त्रीको प्रतिबद्धता पुरा हुने विश्वास समेत ब्यक्त गरेका थिए ।

गण्डकी प्रदेश सांसद बिनोद केसीले म्याग्दीमा फुटबल, भलिबल, कराँते लगाएतका सबै खालका खेलको समभावना रहेकाले पनि त्यसको विकास गर्न तयार रहेको बताए । उनले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासमा प्रतिबद्धत रहेको बताउँदै जिल्लाको खेलकुद विकासमा निरन्तर सक्रिय रहेको बताए । ‘खेलकुदको समस्या नजिकबाट चिनेको छु,‘साना ठुला बजेट आउँछन्’ केसीले भने ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, वडा अध्यक्ष कृष्ण बहादुर बानियाँ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जामुनाखर्क माविका प्रधानध्यापक सोमनाथ ढुंगानाले मन्तब्य राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन सुवाश विश्वकर्मा, स्वागत खेलकुद संयोजक शिशिर बानियाँ र अध्यक्षता क्लवका अध्यक्ष शिशिर शाहीले गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्धितियले क्रमश ३५ हजार ५५५, २५ हजार ५५५ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। वडादशैं तथा शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगितामा एकल नृत्य, वडास्तरीय भलिबल, अन्ध निशान प्रतियोगिता समेत सञ्चालन गरिएको छ । फुटबल प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।