कलेजो र पित्तथैली क्यान्सर भएर उपचारकै क्रममा ज्यान गुमाएकी बेनी नगरपालिका–२ खबरा दारिमपाटाकी ३५ बर्षीय सिता केसी घिमिरेको परिवारलाई इराकको कुर्दिस्तान दुहोकमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । पीडित घिमिरेको उपचारलाई लक्षित गरी दसैंको अवसरमा प्रवासी नेपाली मञ्च दुहोकले गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा म्याग्देलीको सक्रियतामा सङ्कलन भएको ६९ हजार ८१५ रुपैयाँ मंगलबार घरमै एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

करिब एकबर्षदेखि बिरामीको उपचारकै क्रममा गत कात्तिक २ गते बडा दशैंको दिनमा मृत्यु भएपछि सङ्कलित रकम बेनीअनलाइनकर्मीको उपस्थितीमा न्यू होराईजन आवासीय मावि पर्वतबेनीकी शिक्षक सुमित्रा घिमिरे र सिता बचाउ अभियानका सदस्य गणेश घिमिरे ‘देबेन्द्र’ले मृतकका ससुरा हिरा बहादुर घिमिरेलाई हस्तान्तरण गरेका थिए । इराकको कुर्दिस्तान दुहोकमा रहेका बेनपा–३ भकिम्ली राखुका मेख गर्बुजा मगरले दसैंको अवसरमा आयोजित कार्यक्रममा छोटो समयमै रकम संकलन गरिएको बताए ।

‘मृतकका बालबालिकाको शिक्षादिक्षामा सहयोग पुग्ने अपेक्षा गरेका छौ,‘उपचारकै क्रममा मृत्यु भएको जानकारीले थप सहयोग जुटाृन सकिएन’ गर्बुजाले भने ।उनका अनुसार दुई महिना अगाडी रोजगारीको सिलसिलामा कुर्दिस्तान दुहोकमा आएका मृतकका श्रीमान गोविन्द घिमिरेले समेत आफ्नो श्रीमतिको समस्याका बारेमा जानकारी गराएको बताए । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमा क्यान्सरबाट पिडित केसीको उपचारमा ६ लाख खर्च आफन्तले बताएका छन्।

‘छोरालाई पनि ऋण नै खोजेर पठाइयो,‘केहीदिनमै बुहारी सिकिस्त भईन्’ उनले भने ।काठमाण्डौको ग्रान्डी, मेडिसिटी हुदै बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारकै क्रममा घरमा आएकाी थिईन् । मृतक सिताकी दुई छोरी छन् । यसैबीच बेनपा–१ रत्नेचौर अर्जमकका याम थापा सिन्जाली मगर लगाएत ८ जनाले कतारमा संकलन गरेको १० हजार रुपैयाँ समेत हस्तान्तरण गरिएको थियो । मृतक घिमिरेको उपचारमा आफन्त, छिमेकीले १ लाख १५ हजार सहयोग संकलन गरेका थिए ।

Read This : https://myagdikali.com/156166/

 नामवली यसप्रकार को छ ! 
१) एन्जि सेर्पा २५००० दिनर
२) आस्माया धिमाल २५०० दिनर
३) पुजा चौधरी २५००० दिनर
४) कान्छी गुरुङ १०००० दिनर
५) दोल्मा लामा 20$
६) सीता नेपाली १०००० दिनर
७) बिजय थापा १०००० दिनर
८) सन्दिप राई १०००० दिनर
९) दोल्मा शेर्पा  १००$
१०) युवा मञ्च दुहोक शेर्पा ग्रुप ( दावा लामा ) २००$
११) बिष्णु कार्की १०००० दिनर
१२) सबिना राई १०००० दिनर
१३) निसा सापकोटा ५००० दिनर
१४) एन्जिला प्रधान ५००० दिनर
१५) सलिना गुरुङ १०००० दिनर
१६) कल्पना गुरुङ ११००० दिनर
१७) बिन गुरुङ ७००० दिनर
१८) पुजा लिम्बू २५००० दिनर
१९) इक्षा लिम्बू २५००० दिनर
२०) ग्याप्लो शेर्पा ३०००० दिनर
२१) रन्जना श्रेष्ठ १०००० दिनर
२२) पारु शेर्पा १०००० दिनर
२३) शुशिला मगर १०००० दिनर
२४) अनिता तामाङ १०००० दिनर
२५) कमल पाइजा ५००० दिनर
२६) याम गर्बुजा ५००० दिनर
२७) प्रकाश तामाङ ५००० दिनर
२८) राम भन्दारी + रस्मिता मल्ल ५०$
२९) हिक्मत लामा २५००० दिनर
 नेपाली रुपैयाँ ६९८१५