आमाले छोडेर सम्पर्कविहिन भएपछि दरवाङका एक बालक अलपत्र (भिडियो)

0
874

पोखरामा आमाले छोडेर सम्पर्कविहिन भएपछि म्याग्दीका एक बालक अलपत्र परेका छन् । मालिका गाउँपालिका दरवाङ घर बताउने ९ बर्षिया शिव परियारलाई पोखरामा अलपत्र अवस्थामा भेटिएका हुन् । पोखराको हरिचोकमा अलपत्र अवस्थामा भेटिएका परियारले आमाले कुटपिट गरेर भागेको बताए ।

‘आमाले छोडेर जानुभयो,‘पाँच हजार बोकेर अहिले आउँछु भन्दै जानुभयो, संगै जान खोज्दा पिट्नु भयो’परियारले भने । होटलमा छोडेर भागेपछि रुदैं चोकमा आएका परियारलाई बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीका गंगा बहादुर क्षत्रीले उद्धार गरी बेनीसम्म ल्याएका थिए । ‘बेनी आउने कसैले पनि जिम्मा लिन चाहेनन्,‘मैले यहाँसम्म ल्याएको छु’ क्षत्रीले भने ।

पश्चिम म्याग्दी घर बताएपछि बेनीअनलाइनको कार्यालयमा ल्याएको बताए । उनले दरवाङ बजारमा मजदुरी गर्ने रामकृष्ण परियारको छोरा बताएपनि थप विवरण बताउन नसक्ने अवस्थामा रहेको बताए । पीडित बालकको दुवै आँखा र अनुहारमा चोट छ । दसैंमा आमासंगै पोखरा गएपछि दैनिकजसो कुटपिट गर्ने गरेको बालकले आरोप लगाएका छन् । यसैबीच बेनीअनलाइनको सम्पर्कमा आएका पीडित बालकलाई प्रहरीको जिम्मा लगाइएको छ । यता बालकका आमाबुबा मंगलबार साँझसम्म सम्पर्कमा आएका छैनन् ।