टोड्केमा करोडौंको पूर्वधार निमार्ण गरिदै

0

पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटकको रोजाईमा परेको जिल्लाको पर्यटकीयस्थल टोड्केमा पूर्वधार निमार्णले प्राथकिमता पाएको छ । पर्यटकीय गन्तव्य स्थानका रुपमा चिनिदै गएको म्याग्दीको तीन स्थानीय तहको संगम मानिने टोड्केमा पर्यटन प्रवृद्धनका लाखौ रकम लगानी गरेर स्थानीयको सक्रियतामा पूर्वधार निमार्ण हुन लागेका छन्।

म्याग्दीको सदरमुकाम देखी चार घण्टाको पैदल र डेढ घण्टा सवारीसाधनमा पुगिने टोड्केमा करोडौको लगानीमा पूर्वधार निमार्ण हुन लागेका छन् । समुन्द्र सतह देखी करिब २ हजार ५ सय मिटर उचाईमा रहेको मंगला, मालिका र बेनी नगरपालिकाको संगम स्थलको रुपमा समेत चिनीएको टोड्केबाट धौलागीरी, मानापाथी, निलगिरी, माछापुछ«े, गनेश हिमाल लगाएतका दर्जनौ हिमालको अवलोक गर्न पाहिन्छ ।

टोड्केमा मालिका मन्दीर धौलागीरी सेन्चुरी र घुरिल्ला पदमार्ग हुदै धौलागीरी आधार शिविर सम्म पुग्ने आन्तरीक तथा बाह्य पर्यटकहरु समेत यहि हुदै आवातजावत गर्ने गरेका छन् । नेपाल सरकारले २०७२ सालमा पर्यटकीय स्थलको रुपमा घोषण गरिसकेपछी पर्यटकको आगम बढेपनी पूर्वधारको अभावमा पर्यटकलाई समस्या भएकाले स्थानीयको सक्रियतामा पर्यटकका लागीपूर्वधार निर्माणगर्न लागेको बताउछन् ।

निमार्णधिन अबस्थामा रहेको टोड्के हिल्स रिर्सोट प्रालिका अध्यक्ष मिन बहादुर पाईजा । साढे दुई रोपनीमा तिन करोड भन्दा बढी लगानीमा निमार्ण हुन लोको रिर्सोटमा जमिनमा १० वटा सुविधासम्पन्न कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ्ग हल,कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल,बार, २० वटा टेन्ट हाउसको निर्माणकार्य भइरहेको छ ।

निमार्ण कार्य अन्तिम चरणमा आएको रिर्सोटमा जिल्लाका हरेक मानिसले लगानी गर्न सक्ने गरि काम अगाढी बढाएको उनको भनाई छ। टोड्के पुग्ने पर्यटकको सुरक्षाका लागी रिसोर्टले १८ वटा सिसि क्यामरा समेत जढान समेत गरेको छ । नेपाल सरकारले पर्यटकीय स्थल घोषण गरेपनी टोड्केको पुर्वधारमा कुनै पनी चासो नदेखाएकाले झिँ बासीको सक्रियतामा पूर्वधार बन्न लागेका छन्।

घुम्न आएका पर्यटकलाई खान बस्नको समेत व्यवस्था नभएकाले पर्यटकहरु आए पनी निरास भएर फर्कने बातावरणलाई अन्य गर्नका लागी काठमाडौँ, प्रवासमा रहेका झिँ बासीको पहलमा पुर्वधार निमार्ण भएको स्थानीयबासी भिम शेरचनले बताए । गुराँस फुल्ले सिजनमा मनै लोभाउने दृश्य देख्न सकिने टोड्केको विकासका लागी सरकारवालहरुले पनी चासो देखाएका छन् ।

पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागी बिभिन्न निकाय संग सहकार्य गरेर जिल्लाको मुख्य पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागी प्रदेश र संघिय सरकार संग सहकार्य गरेर अघि बढ्ने भरत बहादुर रकाल बताए। विश्वकै चर्चित अन्नपूर्ण पदमार्ग सडकले छियाछियाा भएपछि अलमलमा परेका आन्तरिक तथा बाह्य पर्यटकलाई टोड्के हुदै विश्वकै सातौं अग्लो धौलागिरी हिमालसम्म पुग्ने नयाँ र सुन्दर गन्तब्यले आर्कषित गर्ने निश्चित छ ।
तस्वीर सौजन्य गोविन्दप्रसाद पौडेल, वडा अध्यक्ष बेनपा ४