अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने पर्यटकीय खोप्रा लेकमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको छ । समुद्रि सतह देखी ३ हजार ६ सय ६० मिटर उचाईमा रहेको खोप्रामा पछिल्लो समय आन्तरिक पर्यटकको संख्यामा बृद्धि हुर्दै गएको छ। खोप्राबाट देखीने तलतिरका वन, टाढा, टाढाका मनमोहक पहाडी भुगोल एवं ग्रामिण बस्तीहरु संगै बिहानीमा देखिने सुर्योदयले मसेत पर्यटकलाई लोभ्याईरहेको छ ।

पछिल्लो समय पहाडीको परिको रुपमा परिचय दिर्दै गएको खोप्रा लेकमा दिनौँ आन्तरिक पर्यटकको संख्यामा बृद्धि हुर्दै गएको हो । खोप्रा लेकबाट मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, धौलागिरी, गुर्जा लगायतका दर्जनौ हिमश्रृंखलालाई नजिकबाट अवलोकन गर्न पाउनु खोप्राको प्रमुख बिशेषता समेत रहेको छ । खोप्रा लेखबाट दृष्य अवलोकनका लागी मात्र नभई प्राकृतिक रुपमा समेत पर्यटकलाई तानिरहेको छ ।

खोप्रा लेखबाट म्याग्दी सहित पर्वत, कास्कीका पहाडका बस्तीहरु समेत अवलोकन गर्न पाहिने भएपछी पनी पर्यटकको रोजाईमा पर्ने गरेको खोप्रा सामुदायीक लजका प्रबन्धक नविन पुनले बताउनुभयो । उहाँका अनुसार असोज महिना लागे संगै पर्यटकको आगमना बढेको हो । ‘असोज महिनामा बाह्य पर्यटक ५ सय ७० र आन्तरिक पर्यटक २ सय भन्दा बढी आएको पुनले बताउनुभयो ।

जिल्लाको सदरमुकाम बेनी देखी ३ घण्टाको सवारी साधन र ५ घण्टाको पैदलमार्ग हुदै पुगिने खोप्रा लेखमा पर्यटकका लागी सुविधा सम्पन्न सामुदायकी लजको व्यवस्था समेत रहेको छ । २४ जना क्षमताको लजमा कुनै बेला पर्यटकको संख्यामा बृद्धि भयो भने टेन्टमा समेत बस्ने गरेका छन्। बिषेश गरेर खयर भहरानी ताल जाने पर्यटकहरु खोप्रा लेख हुदै जाने गरेका प्रबन्धक पुनको भनाई छ । खोप्रालेक घाद्रुक टाढापानी इसारु दोबाटो बयली सिस्नेपानी, तिखे ढुङ्गगा घोडेपनी स्वाअत, गलेश्वर, बासखर्क डाडाकटेरी महरे डाडा हिस्तान टिकोट खिवाङ डाडाखर्क, भू–तातोपानी पाउद्धार र नयाँपुल तिखे ढुङ्गगा हुदै खोप्रा लेक पुग्न सकिन्छ ।

विज्ञापन