बेनी नगरपालिका–६ जामुनाखर्कमा अर्थुङ्गेमा निशुल्क दन्त शिविर सुरु भएका छ । बडा दसैं तथा शुभदिपावलीको अवसरमा अर्थुङ्गे यूवा क्लवले आयोजना गरेका फाइव –ए–साइड फुटबल प्रतियोगिताको अवसरमा हिमालयन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जामुनाखर्क माविमा आयोजित शिविरको पहिलो दिन बिहिबार २४ जनाले सेवा लिएको क्लवका अध्यक्ष शिशिर शाहीले बताए । शिविरमा दाँत सम्बन्धि सम्पुर्ण सेवा निशुल्क भएकाले पनि बेनपा ६ का सम्पुर्ण बस्तीमा जानकारी गराइएको बताए ।

क्लवले आयोजना गरेको प्रतियोगितामा स्वास्थ्य शिविर समेत सञ्चालन गरेपछि स्थानीय लाभान्वित भएका छन् । शिविरमा जटिल समस्या भएका विरामीलाई रिफर गरिने छ । यसैबीच फुटबल प्रतियोगितामा प्रथम, द्धितियले क्रमश ३५ हजार ५५५, २५ हजार ५५५ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। वडादशैं तथा शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगितामा एकल नृत्य, वडास्तरीय भलिबल, अन्ध निशान प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।