अनिल पौडेल
म्याग्दीका एक गाउँपालिका प्रमुखले टिएडिए (दैनिक भ्रमण भत्ता) गाउँपालिका भित्रका आर्थिक अवस्था नाजुक भएकाको स्वास्थ्य बिमा गरिदिने भएका छन् । मासिक प्राप्त गर्ने सेवा–सुविधालाई अति गरिब तथा विपन्न बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्ने गरी अक्षय कोष स्थापना गरिसकेका रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले गाउँपालिका भित्र तथा बाहिरी जिल्लाका कार्यक्रममा सहभागि भएवापत प्राप्त हुने भत्तालाई सहज स्वास्थ्य सेवा उपलब्ध हुने गरी सहयोग गर्ने घोषणा गरेका हुन् ।

स्थानीय तहमा निर्वाचिन भएलगत्तै एक रुपैयाँ पनि सरकारी सेवासुविधा नलिएका भण्डारीले भत्ताबापत जम्मा भएको करिव दुई लाख रुपैयाँ पहिलो चरणमा गाउँपालिका भित्र रहेका ८ वडाका प्रत्येक वडामा ५ जनाको दरले विमा गरिदिने बताए । ‘मलाई जनताले सेवा गर्न जनप्रतिनिधि बनाएका हुन्,‘सरकारी सुविधालाई जनताकै आवश्यकतामा खर्च गर्नेछु’ भण्डारीले भने ।

उनले प्रत्येक वडामा अति विपन्नको पहिचान गरी वडा कार्यालयले सिफारिस गरेपछि प्रति परिवार लाग्ने २५ सयको दरले विमा गरिने बताए । उनले सेवासुविधालाई अक्षय कोषको स्थापना गरी जम्मा गरेको बताए । मासिक तलव बापत प्राप्त हुने ३१ हजारलाई आफ्नो कार्यकालसम्म गरिब तथा विपन्न बालबालिकालको पक्षमा खर्च गर्ने गरी कानुनी रुपमै कोषको दर्ता प्रक्रियामा रहेको बताए । उनले गाउँपालिका भित्र आर्थिक अभावकै कारण स्वास्थ्य विमाबाट बन्चित भएकाको विवरण संकलन भइरहेको बताए । भण्डारीले ब्यक्तिगत खर्चमा समेत गाउँपालिका भित्र सडक विस्तारमा लाखौं खर्च गरेका छन् ।

विज्ञापन