म्याग्दीमा सुरु भएको समूदाय प्रहरी साझेदारी कार्यक्रमलाई जनताको घरघरमा पुर्याउन जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । आइतबार देखि देशभर एकसाथ सुरु भएको कार्यक्रमकको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुखले साझेदारी पत्रमा हस्ताक्षर गदैं जनताको घरदैलामै पुग्ने गरी कार्यक्रम गरिने गरी कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।

सदरमुकाम बेनीमा आयोजित कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले स्थानीय तहको सहकार्यमा वडास्तरमै पुग्ने कार्यक्रमले अपराधिक घटनाको न्यूनिकरणमा सघाउने बताए । उनले कार्यक्रम मार्फत कानुनले बर्जित गरेका गतिविधिलाई नियन्त्रणका साथै ग्रामिण क्षेत्रका जनतालाई समेत सहकार्यको वातावरण बनाउने बताए।

‘स्थानीय तह सक्रिय भएको कार्यक्रम सफल बनाउन सहज हुन्छ,‘सामाजिक विकृतिलाई समेत न्यूनिकरण गर्न सकिन्छ’ प्रमुख कटुवालले भने । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जनताको सहभागितामा हुने कार्य दिगो हुने भएकाले पनि समुदायसंग प्रहरीले सुरु गरेको अभियानलाई सफल बनाउन अनुरोध गरे । उनले बर्दीविनाका प्रहरीको सुचना र सक्रियताले जिल्लामा अपराधिक गतिविधि न्यूनिकरणमा सहज हुने बताए ।

जिल्लाभित्र रहेका सामाजिक विकृतीका बारेमा समेत प्रहरीले जानकारी गराउने बताए । विभिन्न किसिमका हिंसा, आत्महत्या, लागुपर्दाथ, बन्यजन्तुको तस्करी लगाएत कानुनी गतिविधिका बारेमा स्थानीय तहको अगुवाईमा कार्यक्रम गरिने बताए । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी, धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिको उपस्थिीति रहेको थियो ।

सोही अवसरमा प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले समूदाय प्रहरी साझेदारी कार्यक्रममा प्रहरीका गतिविधि बाहेक विभिन्न मन्त्रालयका कार्यक्रमलाई समेत जानकारी गराउँदै जनताको सहभागितामा हुने हरेक गतिविधिलाई प्रोत्साहन गर्ने बताए । उनले जिल्ला, स्थानीय तह, वडा, टोल र विद्यालयस्तरमा कार्यक्रम गरिने बताए । उनले विगतमा प्रहरीले सुरु गरेको अभियान जस्तै सफल बनाउन समेत म्याग्दीबासीलाइ अनुरोध गरे ।

जिल्ला, स्थानीयतह, वडा र विद्यालय गरी चारै तहमा समिति बनाइने बताए । कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवालाहरुले कार्यक्रमको उद्देश्य प्राप्तिका लागि साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । समूदाय प्रहरी साझेदारी कार्यक्रमले हरेक स्थानीय तहमा केन्द्रित रहेर सबैपक्षसँगको समन्वय र सहकार्यका आधारमा समूचित सहभागितालाई सुनिश्चित गर्दै सचेतनासँगै सुरक्षाका उपाय अवलम्बन गर्न सघाउ पु¥याउने म्याग्दी प्रहरीले जनाएको छ ।