बेनीबजार संरक्षणमा थप बजेट माग गरिने

0
210

अत्याधिक बर्षाले म्यादीको सदरमुकाम बेनीबजार संरक्षणमा लगाइएको पर्खाल भत्किएपछि पुननिर्माणमा बजेट माग गनुपर्ने सरोकारवालाले बताएका छन् । बाढीले गत आर्थिक बर्षमा करिव २ करोडको लागतमा निर्माण गरिएको कंक्रिट पर्खाल भत्किदा कटानले म्याग्दी जेसीज लगाएत आसपासका क्षेत्रमा जोखिममा बढेपछि बेनी नगरपालिकाको सभाहलमा बसेको सरकारवाहरुको भेलाले सरकारलाइ समक्ष पहल गर्ने निर्णय गरेको छ ।

बेनी नगरपालिकाको समन्वयनमा बसेको भेलाले म्याग्दीका प्रतिनिधि सासद भुपेन्द्र बहादुर थापाको संमयोजत्वमा केन्द्र र प्रदेश सरकारमा सरकारवलाको टोली संरक्षणकोे लागी आवश्यक पहल गर्ने निर्णय भएको बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताउनुभयो । उहाँका अनुसार कात्तिक २७ गते प्रतिनिधिसभा सदस्य थापाको नेतृत्वमा प्रदेश तथा केन्द्र सरकारमा बजार संरक्षणका लागि थप बजेटको माग गर्ने निर्णय गरेको बताउँदै भत्किएको संरचनाको छानविन गर्ने निर्णय भएको बताउनुभयो ।

बाढीका कारण नदीको बिचमा बगर बनाई खोला पर्वत र म्याग्दीको साईडमा गएकाले त्यसलाई पर्वतका सरकारवालासंग छलफल गरी खोलाको बीचमा रहेको बगरलाई हटाउन पहल गर्ने निर्णय भएको छ । छलफलमा सहभागीले संरचना निर्माणमा लापरवाही भएको बताउँदै सरकारी प्राविधिकको टोलीले समेत समेत आवश्यक समन्वय नगरेको बताए । जल उत्पन्न प्राविधिका कार्यालय बागलुङका प्रमुख खगेन्द्र भट्टचनलेसंरक्षणको लागी कुनै बजेट नभएकाले गत आर्थिक बर्षमा बाँकी रहेको ३ करोडले पुनः संरक्षणको काम गर्ने बताए ।