जिल्लाको अति बिकट गूर्जामा बषौदेखि जमिन भोगचलन गदैं आएका गूर्जाबासीको समस्या समाधान हुने भएको छ । चारदशक देखी आफ्नै नाममा लालपूर्जा बनाउने प्रयासमा रहेका स्थानीयको समस्या समाधान गर्न नापी र मालपाते कार्यालयको टोली सोमबार गुर्जा प्रस्थान गरेको छ ।

जिल्लाको सदरमुकम बेनीदेखी २६ कोष पश्चिममा पर्ने गाउँमा नापी कार्यालयले नक्सांकन, अंशबन्डा सहित भोकचलन गदैं आएको जमिनलाई कानुनी मान्यता दिने गरी मालपोत र नापी कार्यालयका प्रमुख सहित ७ जनाको टोलीले चारदिनसम्म जग्गाको समस्या समाधान सहित गाउँबाटै सेवा दिने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

‘कार्यालय प्रमुख सहितको टोलीले गाउँका बास्तविक समस्या पहिचान गर्ने छ,‘भोकचलन गदैं आएको जग्गा प्रमुख समस्या हो,‘गाउँलेको सहभागितामै समस्याको समाधानको प्रयास गरिने छ’ प्रजिअ अधिकारीले भने ।  २ सय ३० घरधुरीमा भोकचलन गदैं आएका धेरैको लालपूर्जा नभएका स्थानीयले गुनासो गरेका छन् ।

नापी र मालपोतका कर्मचारी गाउँमा आउने जानकारी पाएपछि उत्साहित भएको स्थानीय यूवा सोमप्रसाद छन्त्यालले बताए। ‘सरकारी सेवासहितको टोलीलाई स्वागत गर्न आतुर छौ,‘धेरैपटक ल्याउने प्रयास भएपनि सफल भएका थिएनौ’ छन्त्यालले भने । बाजे–बुबाले मौखिक रुपमा दिएको जग्गामा बषौं देखि भोकचलन गदै आइरहेको अवस्थामा जग्गाको विषयमा स्थानीय बीच बेलाबेलामा समस्या देखिने थियो ।

सरकारी प्रचलनमा रहेको नक्साका आधारमा जग्गाको दर्ता गरेका छन् । लालपूर्जा गाउँकै प्रमुख समस्या भएको वडा अध्यक्ष झक बहादुर छन्त्यालल बताए । कागजीरुपी लालपूर्जाको अभावमा स्थानीयले भोग्दै आएको समस्याका बारेमा पटकपटक स्थानीयले ध्यानर्कषण गराएका थिए । साविकको गूर्जा गाविसमा १–९वडा अन्तरगत १,९ वडामा केही कित्ता जग्गाको मात्रै लालपुर्जा रहे पनि बस्ती आसपासका घरजग्गा, जमिन, चरनक्षेत्रमा भोकचलन गदैं आएको जग्गा, गोठको पूर्जा नभएको स्थानीय जनप्रतिनिधिको भनाई छ ।

ब्यक्तिगतसंगै लालपूर्जा संगै छिमेकी रुकुम र बागलुङको सिमानाको समस्याले समेत पिरोल्ने गरेको स्थानीयको भनाई छ । कानुनी कागजको अभावमा गाउँमा रहेको जग्गा खरिद–बिक्री, अंशबन्डामा समस्या सहित सरकारी कार्यालयको सेवासुविधालाई गाउँमै पुगेर उपलब्ध गराउने गरी कात्तिक १६ र १७ गते एकिकृत घुम्ती शिविर सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नयाँ जग्गाजमिनको नापी र मालपोतको काम पुरा गरी फाइल तयार गरिने छ । गुर्जाको नक्सा ०३३ सालमा नापी कार्यालयका कृष्ण ज्यापुले तयार पारेका थिए ।