म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षण योजना बजेट बिहिन भएको छ । देशको जोखिम सदरमुकामको १० औँँ स्थानमा रहेको बेनी बजारका लागी लगाईएको कंक्रिट वाल भदौ २७ गते हिमाली क्षेत्रमा अत्याधिक बर्षाले गर्दा कालीगण्डकीमा आएको बाढीले बगाएपछी बेनी बजार झन जोखिममा परेको थियो ।

बजार संरक्षणका लागी केहि बर्ष यता लगातार योजना परे पनी कुनै बजारको जोखम कम हुन सकेको छैन । गत बर्ष संरक्षणका लागी परेको ११ करोड बजेट अन्तरगत २ करोडको लागतमा निमार्ण भएको कंक्रिट वाल बाढीले बगाएपछी बेनी बजारको जोखीम बढेको हो ।

यस बर्ष भने बजार संरक्षणमा कुनै पानी बजेट विनियोजन नभएको जलउत्पन्न प्रकोप ब्यवस्थापन कार्यालय बागलुङका प्रमुख खगेन्द्र भट्टचनल बताए । अहिले सम्म बजार संरक्षणको काम कस्ले हेर्ने भन्ने कुनै टुङगो नलागेकाले पनी यो बर्ष बजेट नपरेका उनको भनाई छ । ‘यस्ता योजनालाई कुन सरकारले हेर्ने हो । हामीलाई पनी थाहा छैन’ उनले भने । यसले बजारको संरक्षणको कार्य गर्नमा असर गर्ने देखीन्छ ।

गत बर्षको ११ करोडको बजेटमा काम गर्न अब बाँकी ३ करोड रुपैयाँ मात्र भएकाले यो बर्ष त्यही बाँकी रहेको बजेटले संरक्षणको काम गर्ने जलउत्पन्न कार्यालय जनाएको छ । यो बर्ष भने कुनैपनी बाँकी रहेको बजेट बाहेक अरु कुनै पनी बजेट नभएको भट्टचनले बताएका छन् । उनका अनुसार स्थानीय तह प्रदेश तथा संघिय कुन सरकारले हेर्ने भन्ने कुराको निर्णय नै नभएको बजार संरक्षण योजना अघि बढाउन गाह्रो भएको छ । बेनी बजार संरक्षणका लागी बेनी नगरपालिकाको समन्वयनमा सरोकारवालाहरु बीच छलफल भएको छ ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको उपस्थितीमा नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफलपछि बजार संरक्षण योजनालाई निरन्तरताका लागि थप बजेटको ब्यवस्था गर्न संघीय र प्रदेश सरकारसंग माग गर्न कात्तिक २७ गते डेलिगेशन जाने निर्णय भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले जानकारी दिएका छन् ‘बेनी बजार संरक्षणका लागी हामी संग बजेट हुदैन’ नगरप्रमुख श्रेष्ठले भने । नगरपालिका भएकाले यो बजार जोगाउनु नरपालीकाको दाहित्व हो । प्रवक्ता बराईलीका अनुसार यहि कात्तिक २७ गते सरकार समक्ष जाने निर्णय भएको छ ।

बाढीका कारण नदीको बिचमा बगर बनाई खोला पर्वत र म्याग्दीको साईडमा गएकाले त्यसलाई पर्वतका सरकारवाला संग छलफल गरि बिच भागबाट जाने गरि बिचको बगरलाई हटाउने समेतनिणर्य भएको बराईले जानकारि दिए । छलफलमा सहभागीले संरक्षणका लागी बनाईएको वाल बाढीले लानु भनेको निमार्ण कम्पनीको कमजोरी भएको बताएका थिए । राकेश शर्मा