‘मह काट्नेले हात चाट्छ’

0
474

घनश्याम खड्का: काट्नेले हात चाट्छु यो उखान त्यसै बनेको होइन । मीठो र गुणकारी खाद्यबस्तु हो, मह । कम लगानीमा मनग्य आम्दानी गर्न सकिन्छ । यद्यपी मौरीसँग खेल्नु जोखिमपूर्ण पनि छ । अहिले म्याग्दीका गाउँहरुमा मह सिजन सुरु भएको छ । कात्तिक–मंसिर मह झिक्ने उपयुक्त सिजन हो ।

माहुरी र महको माग थेग्न कृतिम प्रविधिबाट रानो मौरी उत्पादन गर्छन् । कृतिम प्रविधिबाट रानो माहुरी उत्पादन भएपछि मह झिकेर पनि मौरी घार विक्रि गर्न संभव भएको हो ।

प्रसस्त वन जंगल र मौरीको चरन क्षेत्र भएकोले जिल्लाका सवै बस्ती मौरी पाल्नकालागि अनुकुल छन् । जिल्लाका प्राय: बस्तीमा २–४ घार माहुरी पाल्ने भएपनि पकेट क्षेत्रका २९ जनाले ब्यावसायिक मौरी पाल्छन् । डडुवा, पूर्णगाउँ, कुहुँ, हिदी, थाईवाङ्ग, भर्जुजा, सल्यान र भकिम्लीमा माहुरी ब्यावसायिक रुपमा पालिन्छ । म्याग्दीमा वार्षिक २२ हजार पाँच सय किलोग्राम घरमह उत्पादन हुने तथ्याड्क छ ।

‘हिमालमुनीका बस्तीदेखि वेंशीका बस्तीसम्म मौरी पाल्न सकिन्छ’ मंगला गाउँपालिका, १ कुहुँका कृषक गोविन्द केसीले भने, ‘मौरीको माग बढी मह भन्दा माहुरीको घार विक्रि हुन्छ । कृतिम प्रविधिले माहुरी उत्पादन सजिलो भएको छ ।’

मंगला गाउँपालिका, १ कुहुँका गोविन्द केसीले मह र मौरी बेचेर बर्षमा १२ लाखबढी आम्दानी गर्दै आएका छन् । गोविन्द केसीले मात्र होईन बेनी नगरपालिका, ५ डडुवाकी रामकुमारी खत्रीले १ सय २० घारमा मौरीका घारबाट मह र मौरी गरी वार्षिक १० लाखबढी आम्दानी गर्दै आएकी छिन् ।

मौरीपालनको प्रशस्त सम्भावना देखेपछि ब्यावसायिक बनाउन सेराना जातको मौरीमा कृतिम प्रविधिबाट रानो मौरी उत्पादन गर्छन् । कृतिम प्रविधिबाट रानी मौरी उत्पादन गर्ने भएकोले मह झिकेर पनि मौरी विक्रि गर्न संभव भएको हो ।

कृतिम प्रविधिबाट रानीमौरी उत्पादन गर्न ‘डिपिङ रड’ को सहायताले ताजा मैनलाई ‘क्वीन कप’ बनाई ‘ग्राफ्टिङ फ्रेम’ मा टाँसिन्छ । त्यसपछि १–२ दिन उमेरका माहुरीका लार्भालाई क्वीन कपमा ट्रान्सप्लान्ट गरिन्छ । कृतिम रानोमौरी उत्पादन गर्नु २४ घन्टा पहिला नै मौरीको घारलाई रानीविहीन बनाईन्छ । क्वीन कपमा ट्रान्सप्लान्ट गरेको ग्राफ्टिङ फ्रेमलाई रानी विहीन मौरीको घारमा राखिन्छ । यदी मौरीहरुले स्वीकार गरेमा १५ दिनमा छुट्टै रानीमौरीको जन्म हुन्छ ।

copyrigh:Ekantipur.com