खेलाडी बिदाइ तथा जर्सी वितरण

नेपलिज एसोसिएसन भिक्टोरियाको अायोजनामा अष्ट्रेलियाको मेलबर्नमा नोभेम्वर ४ तरिक दिन संचालन हुने एक दिने बास्केटबल प्रतियोगितामा सहभागीता जनाउन लागेको मोना अष्ट्रेलियाको बास्केटबल टिमलाई एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको छ।

भलिबल खेलमा आफ्नो दवदवा कायम राख्न सफल मोना अष्ट्रेलियाको पहिलो पटक गठन भएको बास्केटबल टिमको यो पहिलो सहभागीता रहेको मोना अष्ट्रेलियाका नव निर्वाचित उपाध्यक्ष सुसन श्रेष्ठले बेनीअनलाइनलाइ बताउनुभयो छ ।

एएलडी ग्रुपले स्पोन्सर गरेको नयाँ जर्सी बिदाइ कार्यक्रमको अबसरमा मेलबर्नमा सहभागीता जनाउने खेलाडीहरुलाइ वितरण गरिएको छ। मोना अष्ट्रेलियाका नव निर्वाचित अध्यक्ष मुक्ति रोकाले बास्केटबल टिमलाई शुभकामना दिनुका साथै मेलबर्नमा रहेका सम्पूर्ण म्याग्देलीहरुलाइ खेल मैदानमा उपस्थित भै मोनाको टिमलाइ हौसला प्रदान गर्नु हुन अनुरोध गर्नुभएको छ । सोही अबसरमा नव गठित बास्केटबल टिमलाई मोना अष्ट्रेलियाका संस्थापक अध्यक्ष उत्तम पुन, उपाध्यक्ष सुसन श्रेष्ठ महासचिव इन्द्र थापा सचिब लक्की श्रेष्ठ लगायतका उपस्थित सदस्यहरुले शुभकामना दिएका थिए ।

मेलबर्नमा सहभागीता जनाउने खेलाडीहरुमा- गोबिन, दिनेश, किरन,सुमन,शैलेस, विरेन्द्र,अनिस,कप्पिल, सुर्दशन, रमेश र समन रहेका छन् ।