जिल्ला प्रशासन कार्यालय म्याग्दीले राति १० बजेसम्म देउसीभैलो खेल्न समायवधि तोकेको छ । हिन्दु नेपालीको दोस्रो ठुलो पर्व तिहारमा देउसीभैलो खेल्ने बाहनामा शान्ति सुरक्षामा चुनौती दिने गतिविधि हुनसक्ने भन्दै निर्धारित गरिएको समयावधि निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीकाले बेनीअनलाइनलाई बताए ।

‘प्रहरी मार्फत सार्वजनिक अपिल समेत गरिएको छ,‘ तोकिएको समयभन्दा बढी खेले कानुनी कारवाही हुन्छ’ प्रजिअ अधिकारीले भने । उनले सहकार्य र उत्साहको पर्व भएकाले पनि देउसीभैलोको नाममा सहयोगमा अनावश्यक दवाव नदिई इच्छा अनुसारको सहयोग लिन समेत अनुरोध गरेका छन् ।

चाडपर्व लक्षित सुरक्षा योजना अन्र्तरगत प्रहरीले समेत गस्ती सहित आफ्नो सुरक्षा गतिविधि बढाइरहेको बताउँदै चाडबाडका बेला गुणस्तरहीन सामान बेचेमा, जुवातास खेल्ने खेलाउने कार्य गरेमा, ठगी गरेमा त्यस्ता व्यक्ति वा संस्थाका बारेमा जानकारी दिन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यसैविच प्रहरीले पटका पड्काउनेलाई तत्काल नियन्त्रणमा लिने रणनीति सहित साधा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ । सदरमुकाम बेनी सहित जिल्लाका सबै गाउँपालिका, इलाका र प्रहरी चौकीले समेत जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नै सचेत गराएको छ । बेनीबजार प्रवेश गर्ने सिमाना तथा बजारमा पटका विक्री गर्ने पसलहरुमा समेत निगरानी गरिएको प्रहरीले जनाएको छ ।