‘टुप्पीभन्दा माथि ठाउँ छैन….

समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित धवलागिरी गाउँपालिका १ गूर्जा गाउँ । एउटा उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ । यो उखानबाट नै स्पष्ट हुन्छ गुर्जाको अवस्था, विवशता र बाध्यता।

जिल्लामा लुकेको बस्तीको परिचयले समेत चिनिने गूर्जामा २ सय ३० घरधुरीमा रहेको छ । छन्त्याल जातीको बाहुल्यता रहेको गाउँमा दलित समुदायको समेत बसोबास रहेको छ । यातायातको पहुँच,अक्करे भिर, जंगल भित्रको यात्रा र चारैतर्फ पहाडै पहाडले घेरेको गुर्जा जिल्लाकै अति विकट बस्तीका जनतालाई प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको छ । तस्वीर सौजन्य राकेश शर्मा