मंगलामा गौतम जातको गहुँको बिउ वितरण

0
373

मंगला गाउँपालिकाले किसानलाई अनुदानमा उन्नतजातको गहुँको बिउ वितरण सुरु गरेको छ । म्याग्दीमा खाद्यान्न बालीमा दोस्रो स्थान ओगट्दै आएको गहुँ खेतीमा गाउँपालिका भित्रका किसानलाई आर्कषित गर्न गौतम जातको उनन्त विउ वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बेनीअनलाइनलाई बताए । ‘पहिलो चरणमा १५ सय केजी विउ वितरण भइसकेको छ,‘सुचनाबाट बन्चित भएकालाई थप वितरण गर्न सकिन्छ’ रोकाले भने ।

उनले गाउँपालिका भित्रै गहुँको विउका लागि वडा नं ५ अर्मनको पिपलबोटमा २ सय केजी अनुदानमा उपलब्ध गराइएको बताउँदै भविस्यमा सहज हुने बताए । गाउँपालिकालाई अन्नबालीमा आत्मनिर्भर बनाउँदै निर्यात गर्ने लक्ष्य अनुसार गाउँपालिका अगाडी बढेको बताए ।गाउँपालिकाले तिहार लगत्तै पाँचवटै वडामा इच्छुकलाई विउ वितरणका लागी वडामा रहेका जनप्रतिनिधि र अगुवा कृषकलाई समेत जानकारी गराएको छ ।

गहुँ खेतीका लागि विज्ञहरुको सुझावमा गाउँपालिकाले मलखाद्, सिँचाई, गोडमेलमा आधुनिक सीपको प्रयोग गरी दोब्वर उत्पादन बढाउन सकिने बताएपछि किसानलाई बिउ वितरणकै अवस्थामा जानकारी समेत गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए । जिल्लामा आवश्यक मलखद, प्रयाप्त सिँचाई लगाएतको सन्तुलन मिलाउन नसक्दा गहुँको उत्पादनमा कमी हुने गरेको छ । गाउँपालिकाले सिन्दुरे, डढुवा जस्ता रोगको प्रतिरोधक हुने गौतम जातको गहुँ सिफारिस गरेकाले उत्पादन बृद्धि भएमा अर्को बर्ष गाउँपालिका भित्रका सबै कृषकलाई पुग्ने गरी अनुदानको ब्यवस्था गर्ने जनाएको छ ।