उज्यालो बेनी…

बेनी नगरपालिका-२ लभ्लीहिलबाट देखिएको झिलिमिली बेनीबजार । तिहारको तेस्रो दिन लक्ष्मीपूजामा सदरमुकाम बेनीमा रहेका घरघरमा साँझ बत्ती बालेर उज्यालो पारेका छन् । लक्ष्मीलाई घरमा भित्राउने घरमा विभिन्न रंगका बत्तीका साथै मुल ढोकामा बत्ती बालेर स्वागत गर्न गरिन्छ । बेनी आसपासमा रहेका अग्ला डाँडामा पुगेर बेनीबजारको दृष्य लिने गरिन्छ । तस्वीर सौजन्य भुपेन बानियाँ