नीजि स्रोतका शिक्षकलाई तलब खोज्न देउसीभैलो

देउसीभैलोबाट सङ्गकलित रकम बनभोज सहित रमाइला कार्यमा धेरै खर्च गरिन्छ । तर, म्याग्दीको एक विद्यालयले निजी स्रोतका शिक्षक शिक्षिकाको तलब जुटाउन गाउँमा देउसीभैलो सञ्चालन गरेको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका–८ कुईनमँगलेमा सञ्चालित रितुङ माविले आधारभुत देखी माविस्तरसम्मका शिक्षकको तलब जुटाउन हम्मेहम्मे परेपछि सेवाक्षेत्रमा विद्यार्थीको घरदैलोमै पुगेर देउसीभैलो मार्फत ६ लाख ४९ हजार ५६ रुपैयाँ सङ्कलन गरेको विद्यालयका शिक्षक यामप्रसाद विश्वकर्माले बेनीअनलाइनलाई बताए ।‘मावितहका शिक्षकलाई समुदायले तलब खुवाउनुपर्छ,‘देउसीभैलोबाट धेरै राहत भएको छ’ विश्वकर्माले भने ।

उनका अनुसार बार्षिक १० लाख निजी स्रोतका शिक्षकलाई तलबभत्ता लाहुरे स्वागत, चन्दा संकलन तथा विभिन्न ब्यक्तिबाट प्राप्त भएको तलबबाट उपलब्ध गराउने गरेको बताए । विद्यालयको आर्थिक अवस्था निकै कमजोर भएको भन्दै लामो समयदेखि शिक्षकलाई तलब खुवाउन नसकिरहेको भौलोबाट सङ्कलन भएको रकम तलबमा खर्च गर्न पाउँदा केही सहज भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले बताए ।

मावि तहमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक नीजिस्रोत तथा आधारभुत तहमा समेत समस्या रहेको विद्यालयले जनाएको छ । देउसीभैलो कार्यक्रममा स्थानीय आमा समुह, यूवा क्लवले समेत सहयोग गरेका छन् । वडाको चौरखानी, ध्यासीखर्क, पात्लेखर्क, दुवाडी लगाएतका क्षेत्रमा खेलिएको देउसीभैलोबाट उक्त रकम संकलन भएको विद्यालयले जनाएको छ । विद्यालयका दुईसय विद्यार्थी अध्ययनरत छन् ।कक्षा १० सम्म पठनपाठन हुदै आएको विद्यालयमा सरकारले कक्षा १२ सम्मलाई मावि तह बनाएपछि सोही अनुसार विद्यालयले कक्षा थपको तयारी गरिरहेको जनाएको छ ।