प्रहरी सेवामा प्रवेश गरेको ६ बर्ष पुगिसक्दा पनि अर्घाखाँचीकी मिना बुढाथोकी एकपटक पनि भाईटीकामा दाईको निधारमा लर्काएर सप्तरङ्गगी टीका लगाउन पाएकी छैनन् ।उनले वितेका हरेक तिहारमा दाईलाई फोनबाटै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तीको कामना गर्ने गरेकी छन् ।बुढाथोकी जस्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत गुल्मीकी मनकुमारी कुँवर, अर्घाखाँचीकी ममता भट्टराईको पनि तिहार कार्यक्षेत्रमै छ ।

Video Link : महिला प्रहरीको भाईटिका डियुटीमै

चाडपर्वमा परिवार र आफन्तको चाहना घरमै आउने भएपनि महत्वपुर्ण जिम्मेबारी काँधमा रहेकाले चाडपर्वमा सम्झिएर कार्यक्षेत्रबाटै टिका लगाउने गरेको अनुभव छ ।‘एउटा दाई हुनुहुन्छ,‘चाडपर्वको रौनकता सुरु भएपछि विदा मिलाउन अनुरोध गर्नुहुन्छ’ प्रहरी जवान बुढाथोकीले भनिन् ।उनले चाडपर्वमा नागरिकको सुरक्षा दिने महत्वपूर्ण जिम्मेबारी काँधमा रहेकाले पनि डिउटीमै तिहार मनाउनु बाध्यता भएको बताईन् ।

‘फौजी हामीलाई न चाड न तिहार,‘चाडपर्वमा अन्य समयमा भन्दा धेरै जिम्मेबारी हुन्छ’ बुढाथोकीले भनिन् ।सेवामा प्रवेश गरेको दुईबर्षसम्म तीज, दसैतिहारमा आँखा रसाउने गरेपनि विस्तारै राष्ट्रसेवक कर्मचारी भएपछि चाडपर्वलाई पनि सजिलै सामाना गर्न सकिने उनले बताईन् । म्याग्दी प्रहरीमा कार्यरत महिलाले कार्यालयभित्रकै डिउटीका साथै नियमित गस्ती, साधा पोशाक तथा चाडपर्व लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन आवश्यकता अनुसार दिनरात खट्ने गरेका छन् ।

‘बाल्यकालमा चाडपर्वमा रमाउने गरेको सम्झना आउँछ,‘तिहारमा दिदीबहिनी आवतजावत गरेको देख्दा विगतको सम्झना आउँछ’ बेनी नगरपालिकाको कार्यालय अगाडी सुरक्षामा खटिएकी ममता भट्टराईले भनिन् । उनले चाडपर्व बाहेक अन्य समय अनुकुल पारेर विदामा जाने गरेको बताइ्र्रन् । उनले शान्ति, सुरक्षा प्रदान गर्ने जिम्मेबारी प्राप्त गर्नु नै सन्तुष्ट हुनुको प्रमुख आधार भएको बताईन् । म्याग्दीमा १६ जना महिला प्रहरीमा कार्यरत छन् । इलाका प्रहरी कार्यालय दरवाङ ३, भुरुङ तातोपानी २, जिल्ला कारागार २ जना बाहेक सबै प्रहरी कार्यालय बेनीमा छन् ।

यता प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले चाडपर्वमा सुरक्षाकर्मीको जिम्मेबारी थपिने भएकाले पनि कार्यालयभित्रै चाडपर्व मनाउने गरेको बताए । ‘हामीले धेरै दसैंतिहार कार्यालयभित्रै मनाएका छौ,‘तल्लातहका जवानलाई चाडपर्वमा निरास हुन दिन्न’ प्रनाउ बुढामगरले भने । उनले दसैंतिहारमा सेवामा खटिएकालाई खल्ल महसुस हुन नदिने गरी आफ्नो जिम्मेबारी अनुसार अभिभावक बनेको बताए ।

‘तिहारमा कार्यालयभित्रै भाईटिका लगाउँछन्,‘यो पनि एउटा घर अनि परिवार नै हो’ प्रनाउ बुढामगरले भने । उनले चाडपर्वमा सर्वसाधारणलाई सहर देखी गाउँसम्म सुरक्षाको वातावरण सिर्जना गर्न तल्लिन प्रहरीलाई समान्य समयमा विदा दिने गरेको बताए । चाडपर्वमा प्रहरी जवानको मनोबल उच्च बनाउन डियुटी समय बाहेक नाचगान सहित रमाइलो गर्ने गरेको बताए । म्याग्दी प्रहरीले चाडपर्वमा लक्षित गरी सञ्चालन गरेको सुरक्षा योजनाले अपराधीक गतिविधिलाई निस्तेज पार्न सफल भएको जनाइएको छ ।