नेपालीको दोस्रो महानपर्व तिहारको अवसरमा कतारमा आयोजित भलिबल प्रतियोगिताको उपाधी म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले जितेको छ । थ्रि स्टार स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा आयोजकलाई पराजित गदैं उपाधीमा कब्जा जमाएको हो । कतारमा रहेका नेपाली संघसंस्थामा सामाजिक कार्यसंगै खेलकुदमा समेत अब्बल रहेको मोना कतारले आयोजकलाई वेष्ट अफ तीनमा खेलाइएको खेलमा दुई सेट लगातार प्रहार गदैं उपाधी हात पारेको मोना कतारका महासचिव राजु पौडेलले बताए।

सेमिफाइनलमा बागलुङलाई पराजित गदै मोना फाइनलमा प्रवेश गरेको थियो ।प्रतियोगितामा उपाधी जित्दै मोनाले १५ सय कतारी रियल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा किसान परियार उत्कृष्ट खेलाडी घोषित भएका थिए । मोनाको तर्फबाट रामचन्द्र केसी, प्रेम शेरचन, गोकुल विक, काजी परियार, किसान परियार, जयन्द्र विक, राम विश्वकर्मा, अविसेक क्षत्री, बब्लु श्रीपाली र नारायण गोरे खेलमा सहभागि थिए भने आकाश रसाइलीको कोचको भूमिका निर्वाह गरेका थिए ।

यसैबीच विजय खेलाडीलाई मोना कतारका अध्यक्ष रमेश पौडेलले धन्यवाद तथा बधाई ज्ञापन गदैं खेलकुद गतिविधिलाई निरन्तर प्रोत्साहन गर्ने बताए । उनले मोनाले खेलकुद, सामाजिक तथा मानवीय सहयोगलाई निरन्तर अगाडी बढाउने बताउँदै कतारमा रोजगारीका लागि आएका म्याग्देलीलाई मोनामा आवद्ध हुन अनुरोध गरे । मोनाले विगतमा समेत भलिबल प्रतियोगितामा लगातार उपाधी जित्दै आएको छ ।

विज्ञापन