जन्मदिनको खर्च कटाएर दुई बालबालिकाको शिक्षामा सहयोग

0

पछिल्लो समयमा आफ्नो जन्मदिन हजारौं रुपैयाँ खर्चिएर मनाउने गरिन्छ ।धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरुको बीचमा जन्मदिनको अवसरमा दुई बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्नुभएको छ ।

कलेतो र पित्तथैलीमा क्यान्सर भएर उपचारकै क्रममा ज्यान गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी३५ बर्षिया सिता केसी घिमिरेका दुई छोरीको सन्ध्या र साधनाको उच्च शिक्षामा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङकी अध्यक्ष राधिका गुरूङ ‘टिका’ले १५ हजार आर्थिक सहयोग गर्नुभएको हो । मृतक सिताकी दुई छोरीलाई आवासीय सुविधा सहित शिक्षादिक्षाको वातावरण बनाउन परिवारले अपिल गरेपछि सहयोग अभियान सुरु गरिएको थियो ।

आइतबार परेको जन्मदिनमै बेनीअनलाइनमा ‘आमाको मृत्युपछि शिक्षादिक्षामा सहयोगको याचना’ शिर्षकमा समाचार प्रकाशित भएपछि मोना अन्र्तराष्ट्रिय कार्यकारी समितिकी बरिष्ठ उपाध्यक्ष समेत रहनुभएकी गुरूङले उक्त सहयोगको घोषण गर्नुभएको हो ।‘दुवैजनाको शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्दछु,‘आवश्यकता परेमा भविस्यमा पनि सानो सहयोग गर्नेछु’ गुरूङले भनिन् ।

हङकङ महिला संघकी अध्यक्ष एवम् आधा दर्जन संघसंस्थामा आवद्ध रहनुभएकी गुरूङले अभिभावकको मृत्युको शोकमा रहेका बालबालिकालाई मनकारी सहयोगको आवश्यकता रहेको बताउनुभयो ।‘जसको अभिभावक छैनन्, उनीहरुका सयौं अभिभावक बन्नुपर्छ’ गुरूङले भन्नुभयो ।कलिलै उमेरमा जन्मदिने आमा गुमाउनुको पीडामा मलम लगाउन तथा शिक्षामा सहज वातावरण बनाउन आफ्नो सानो सहयोगले राहत मिल्ने अपेक्षा गरेको उहाँले बताउनुभयो ।

उहाँले शिक्षादिक्षामा सहज वातावरण बनाउन सहयोगको अपिल समेत गर्नुभएको छ । अचानक विरामी भएपछि नेपालका विभिन्न अस्पतालमा उपचार गरी चाडपर्व मनाउन घरमा आएको बेलामा बडा दसैको दिनमै घरमै सिताको मृत्यु भएको थियो । श्रीमान बैदेशिक रोजगारमा करिव २ महिना अगाडी इराकमा छन् । यसैबीच समाचार प्रकाशित भएपछि नेपालका विभिन्न जिल्लाबाट फोन आउन थालेको मृतकका आफन्त गणेश घिमिरे ‘देबेन्द्र’ले बताए ।