स्नान गर्न पत्नी सिता सहित प्रचण्ड तातोपानी कुण्डमा

0

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकलम दाहल प्रचण्ड पाारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्न आएका छन् । बेनीनगरपालिका–४ मा अवस्थित प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्न पत्नी सिता, छोरी गंगा दाहाल सहित आफन्तसंग कुण्डमा स्नान गर्न पुगेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला आपतकालिmन कार्य संचालन केन्द्रको उद्घाटन सहित जिल्लाको निरिक्षणमा आएका गृहमन्त्री राम बहादुर थापा र उनकी धर्मपत्नी नैना सहित कुण्डमा पुगेका प्रचण्डलाई कुण्ड ब्यवस्थापन समितिले स्वागत तथा कुण्डका बारेमा जानकारी गराएका थिए । नेपाली सेनाको हेलिकप्टरमा आएका प्रचण्डको सचिवालायका अनुसार भ्रमण पारिवारिक भएको बताएका छन् ।

जिल्लास्थित नेकपाका नेताहरुसंग भेटघाट भएपनि पत्नीको उपचारमा आएका प्रचण्डले जिल्लाका समस्याका बारेमा समेत जानकारी लिएका थिए । स्रोतका अनुसार प्रचण्ड र उनकी पत्नी तीनदिनसम्म बेनीस्थित होटल याकमा बसेर नियमित कुण्डमा स्नान गर्ने कार्यक्रम रहेको छ । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्रीको आगमन संगै सुरक्षा ब्यवस्था समेत कडा पारिएको छ ।