बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित विश्वमै चर्चित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्डमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा परिवार सहित स्नान गर्न आएपछि कुण्ड ब्यवस्थापन समितिले सोमबार र मंगलबार दुईदिनको नियमित कार्यतालिका परिवर्तन गरेको छ ।

पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दी आएका प्रचण्ड, उनकी पत्नी सीता, छोरी गंगा, गृहमन्त्री बादल पत्नी नैन, बहिनी ज्वाई सहित आफन्तसंगै कुण्डमा पुगेपछि तालिका हेरफेर गरिएको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।भिआइपीको सुरक्षा र सहज स्नानको सुविधालाई मध्यनजर गरी नियमित स्नान गर्ने विरामीको तालिका परिवर्तन गरिएको कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बेनीअनलाइनलाई बताए ।

#मिति_२०७५_कात्तिक_२७_गते_तातोपानि_कुण्ड_मा_नुहाउने_समय_तालिका
बिहान ६:०० बजे देखि ९:३० बजे सम्म महिला पुरुष हरु नियमित नुहाउनेछन ।
बिहान ९:३० बजे देखि ११:०० सम्म बिषेस अतिथि हरु नुहाउनुहुनेछ ।
बिहान ११:०० बजे देखि ३:०० सम्म नियमित नुहाउने पाउना महानुभाब हरु नुहाउनुहुने छ ।
दिउँसो ३:०० बजे देखि ४:३० बजे सम्म विशेष अतिथि हरु को लागि समय निर्धारण गरेको ब्यहोरा जानाकारी गराउदछोै ।

‘भिआइपीलाई आवतजावतमा पनि ध्यान दिनुपर्छ,‘उहाँहरुको आगमनले हामी उत्साहित भएका छौ’ केसीले भने ।
उनले स्नानसंगै कुण्ड, बेनी दरवाङ सडक लगाएत तातोापनीमा म्याग्दीनदीलको कटान लगाएतका समस्यामा समेत बजेटको माग गरिएको बताए ।

कुण्डमा स्नान गर्न आउने विरामीले समेत भिआइपीको नजरमा समेत कुण्ड परेपछि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । केही विरामीले जानकारी नभएको भन्दै आक्रोश पोखेका थिए । कुण्डमा स्नान गर्न एक्कासी टोली पुगेपछि नियमित स्नान गर्ने विरामीले पुर्व जानकारी गराउनुपर्ने बताएका थिए । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधामन्त्री प्रचण्ड र गृहमन्त्री बादल परिवार सहित कुण्डमा पुगेपछि सुरक्षा ब्यवस्था समेत कडा पारिएको छ । सोमबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट म्याग्दीमा आएको टोलीले पार्टीका जिल्लास्तरका नेताहरुसंग छलफल समेत गरेका थिए ।