नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्यूनिष्ट आन्दोलनमा सहकार्य गर्न मदन भण्डारीसंग पटक–पटक पार्टी एकताको प्रयास भएको खुलासा गरेका छन् । नेपाली कम्युनिष्ट इतिहासलाई विश्वमा नयाँ उचाई दिन एमालेका महासचिव भण्डारीसंग एकताको प्रयास भएपनि एकता अगाडी नै भण्डारीको दुर्घटनामा ज्यान गएको बताए ।

नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजित कार्यकता प्रशिक्षण भेलामा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले तत्कालिन समयमा जनयूद्धको विकल्पको रुपमा नेकपा एमालेसंग सहकार्य गरी संसदीय ब्यवस्थामै संघर्ष गर्ने प्रयास असफल भएपछि जनयूद्धमा प्रवेश गरेको बताए ।’ललितपुरमा धेरैपटक भेटघाट भएको थियो,‘उहाँसंगको छलफल धेरै सकारात्मक रुपमा अगाडी बढेको थियो’ अध्यक्ष दाहालले भने ।तीनदिने पारिवारिका तथा कार्यकर्ता भेटघाटमा म्याग्दीमा आएका दाहालले दासढुंगा दुर्घटनाले पार्टी एकताको प्रयास असफल भएको बताए ।

बेनपा–२ हाँडेभीरमा रहेको पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गदैं दाहालले जनयूद्ध सुरु भएका पाँचबर्षमै नेकपा एमालेसंग पटकपटक गोप्य वार्ता भएको स्मरण गदैं जनयूद्धमा भएका धेरै सहकार्य सार्वजनिक नगरिएको बताए

उनले जनयूद्धबाट शान्तिप्रक्रियामा आउने विषयमा नेकपा एमालेका नेताहरुसंग छलफल र सहकार्य भएको बताउँदै पार्टी एकताको प्रयास एकदुईबर्षको तयारी नभएको बताए । ’जनयूद्धमा दुवै पार्टी भिडेकै हो,‘एकले अर्कोलाई सिध्याने प्रयासमा लागियो’ अध्यक्ष दाहालले भने । उनले शान्ति प्रक्रियामा आएलगत्तै तत्कालिन नेकपा माओवादीका नेता किरण, बाबुराम, विप्लवले समेत पार्टी एकतामा सहमति जनाएको दावी समेत गरेका छन् । उनले शान्ति सम्झौतामा हस्ताक्षर भएपछि एमालेसंग एकताको प्रस्ताव गरेपनि असफल भएको बताए ।

उनले २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनमा एमाले र माओवादीले ५०–५० प्रतिशत सिटमा सहमतिको प्रस्तावलाई एमालेका महासचिव माधवकुमार नेपालले अस्वीकार गरेको बताए। उनले एघार बर्ष अगाडी गरिएको पार्टी एकताको प्रस्ताव सफल हुन नसक्नुमा दुवै पार्टीको कमजोरी रहेको स्वीकार गरे । सम्बोधनको अधिकांस समय पार्टी एकताकै चर्चा गरेका अध्यक्ष दाहालले वर्तमान सरकारलाई सफल बनाउनुको विकल्प नभएको बताए ।

पार्टी कार्यकर्ता प्रशिक्षणमा गृहमन्त्री राम बहादुर थापाले सरकारले समृद्ध नेपाल बनाउने अभियानलाई सफल बनाउने बताए । उनले सरकारले सुरु गरेका लोकप्रिय कामलाई कुनै पनि अवरोधले छेक्न नसक्ने बताए ।  पत्नी सिताको उपचारका लागि प्राकृतीक उपचारस्थलको रूपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा पुत्री गंगा दाहाल, गृहमन्त्री राम बहादुर थापा,उनकी धर्मपत्नी नैनकला सहित पारिवारिक टोलीले तीनदिनसम्म स्नान गदैं पार्टीगत तथा ब्यक्तिगत भेटघाट गरी बुधबार काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।