निर्मला पन्त हत्याकाण्डलाई आधार बनाएर सरकार असफल बनाउने प्रयास: गृहमन्त्री थापा (भिडियो)

0
290

गृहमन्त्री राम बहादुर थापाले कञ्चनपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नको पहिचान गरी कारवाहीका लागि तिथीमिति तोक्न सक्ने अवस्था नभएको स्वीकार गरेका छन् । बलात्कारपछि हत्याको घटनालाई सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताउँदै हत्यामा संलग्नको पूर्वानुमान र तिथीमिति तोक्न दिइएको दवावको कुनै औचित्य नभएको बताए । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले अनुसन्धानलाई बाधा पुग्ने गरी पन्त हत्याकाण्डमा अनावश्यक राजनीतिक भएको बताए ।

‘अनुसन्धान भाषण गरेजस्तो हुदैन्,‘हत्यामा संलग्नलाई सरकारले कानुनी दायरामा ल्याउँछ’ थापाले भने ।उनले बलात्कार,महिला हिंसामा सरकारलाई असफल बनाउन खोजिएको आरोप समेत लगाए । निर्मला पन्त हत्यामा संलग्नलाई कारवाहीको माग गदैं भइरहेको आन्दोलनलाई लक्षित गदैं मन्त्री थापाले आन्दोलन र दवावले दोषी पहिचान नहुने बताए ।समाजमा मादकपदार्थको अनियन्त्रित सेवन, विकृत मानसिकता,अश्लिल बेवसाईटले महिलाविरुद्धको हिंसा बढेको बताउँदै सरकारले मदिरा विक्रीवितरणलाई कडाई गरिने बताए।तीनदिने नीजि, पार्टीगत तथा सरकारी कार्यालयको अनुगमनका लागी म्याग्दीमा आएका गृहमन्त्री थापाले देशमा अराजक मच्चाउने तत्वलाई वार्ताको प्रक्रियाबाट शान्तिपूर्ण राजनीतिमा ल्याउने प्रयास भइरहेको बताए ।

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई राजनीतिक संवाद अगाडी बढाउन सरकारले प्रयास गरेपनि सफल नभएको बताउँदै अराजक गतिविधिलाई निरन्तरता दिए बल प्रयोग गर्ने बताए । सरकारले सुरु गरेका लोकप्रिय कार्यक्रमहरु ऐननियम बनाउने क्रममा सुस्त देखिएपनि कार्यान्वयनमा आउने दावी गरे। उनले सिन्डिकेण्डलाई निस्तेज पारिने बताए । सरकारको गतिविधिले जनता निरास भएको हल्ला मात्रै भएको उनको दावी छ ।जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटनसंगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संगै गत सोमबार नेपाली सेनाको हेलिकप्टरमा म्याग्दी आएका गृहमन्त्री थापाले उनकी धर्मपत्नी नैनकला, बहिनीज्वाई, दाहाल पत्नी सीता लगाएतको टोलीले तीनदिनसम्म कुण्डमा स्नान गरी बुधबार फर्किएका छन् ।