भैंसीले हानेर एक जनाको मृत्यु

0
1902

भैंसीले हानेर म्याग्दीमा एक जनाको ज्यान गएको छ । बेनी नगरपालिका–६ राउवडामा बिहिबार बिहान भकारोमा दुध दुहुन गएका ३९ बर्षिय पुष्कल सुबेदीलाई भैंसीले हानेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।दुईवटा भैंसी रहेको गोठमा एउटा भैंसीको दुध दुहुएपछि अर्को भैंसीको दुध लिन गएका सुबेदी अचेत अवस्थामा भेटिएका थिए । विहान करिव ५ बजे गोठमा पुग्ने गरेका सुबेदीले दुईवटा भैसीको दुध बेचेर परिवारको गुजरा चलाउने गरेको स्थानीय नारायण शर्माले बेनीअनलाइनलाई बताए।

‘तत्कालै अस्पतालमा ल्याइएको थियो,चिकित्सकले मृत घोषणा गरेपछि अन्तेष्टी गरियो’ उनले भने । बैदेशिक रोजगारीबाट फर्किएका सुबेदीले घरमै पशुपालनबाट आम्दानी गर्ने गरेका थिए । गाउँका सामाजिक कार्यमा समेत सक्रिय हुने गरेका सुबेदीको मृत्युले गाउँ शोकमग्न छ । मृतक सुबेदीको श्रीमति, एक छोरा दुई छोरी छन् । File photo